टुडे एक्सप्रेस/जनकपुरधाम
नेपाली कांग्रेसका मनोज साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा ‘बागी’ उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनमा जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको भए पनि कांग्रेस नगरसभापति साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
जनकपुरधाम कांग्रेसले सत्ता गठबन्धनको निर्णय सच्याउन पार्टी नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। तर पार्टीले निर्णय नसच्याएपछि साहले पार्टीको साधारण सदस्यसमेत नरहने गरी नगर सभापतिबाट राजीनामा दिएका थिए।
तपाईको प्रतिक्रिया !!