टुडे एक्सप्रेस/जनकपुरधाम
मैथिली ब्राह्मण समाजका अध्यक्ष भगवान झा नेकपा एमालेमा प्रवेश गरेका छन् ।अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर मङ्गलवार साँझ अध्यक्ष झा एमालेमा प्रवेश गरेका हुन् ।झा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा छँदा मुख्यमन्त्री स्वच्छता अभियानको डिजाइन गरेका थिए ।जुन मुख्यमन्त्री स्वच्छता अभियानमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोेग अनुसन्धान आयोग र मधेश सरकारले एक समिति बनाएर छानविन गरिरहेको छ ।एक वर्षअघि झा अवकाश हुँदा स्वच्छता अभियान केहिम फाइल नै उनले गायब गरेको आरोप छ ।जानकी मन्दिर सौन्दर्यकरणमा झाको मुख्य भूमिका थियो । उनले त्यस कार्यमा व्यापक अनियमितता गरेको आरोप लाग्दै आएको छ ।कानुनी दण्डाबाट बच्न उनले एमाले प्रवेश गरेको हुन सक्ने आकलन गरिएको छ ।
तपाईको प्रतिक्रिया !!