जिल्लाका उम्मेदवारहरु अनिर्णयको वन्दिमा
टुडे एक्सप्रेस/जनकपुरधाम
सत्तापक्षीय गठवन्धनले आसन्न स्थानियतहको निर्वाचनका लागि गरेको निर्णय पालना गर्नबाट आफै पछाडी हटेपछि गठवन्धनको तालमेल खतरामा परेको देखिएको छ । गठवन्धनमा सामेल मुख्य चारवटा दलले विभिन्न जिल्लाको स्थानियतहमा आ आफनो दाबीमा टसमस नभएपछि विभिन्न जिल्लामा गठवन्धनमा आवद्ध दलहरुका उम्मेदवारहरु अनिर्णयको वन्दीमा वस्न वाध्य भएको छ । गठवन्धनले परिवर्तन विरोधी र प्रतिगामी दुराशायबाट देश र लोकतन्त्रलाई जोगाउन पांचदलीय गठवन्धन वनेको र आसन्न स्थानियतहको निर्वाचनमा तालमेल गरेर अगाडी बढने तथा हिजोका सबै आपसी मतभेदलाई पर पन्छयाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने घोषणा गरेका थिए । गठवन्धनमा आवद्ध पाचै दलले संयुक्तरुपमा हस्ताक्षर गरेर पाच दलीय गठवन्धनको अपिल समेत जारी गरेको थियो तर अहिलेको वर्तमान स्थिती हेर्नेहो भने सो अपिल अहिले नालायक सावीत भएको छ । यति मात्र नभएर सीट वाडफाडका लागि गरेको निर्णय पालना गर्नमा गठवन्धन असफल देखिएको छ । महानगरपालिका उपमहानगरपालिका प्रमुख र उपप्रमुखहरुको सिट वाडफाडको निर्णय पाच दलीय गठवन्धनको केन्द्रिय संयन्त्रले गर्नेै,नगरपालिका र गाउपालिकाका प्रमुख उपप्रमुखको तालमेल सम्वन्धि सिट वांडफाडको आवश्यक निर्णय गरि वैशाख ३ गते भित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले वैशाख ५ गते भित्र केन्द्रलाई पठाउने निर्णय गरिएको छ । जवकि मधेशका जिल्लामा अहिले पनि संयुक्त वैठक वसेर निर्णय गर्न सकिएको छैन । झन केन्द्रको वसेको वैठक पनि विना निर्षकष सम्पन्न भए र मंगलवार पनि जारी रहेको अवस्था छ । त्यसैगरि महानगरपालिका ,उपमहानगरपालिका,नगरपालिका र गाउपालिकाका वाड अध्यक्ष तथा सदस्यहरुको सिट वाडफाडको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गते भित्र टुंगो लगाउने भनेर चैत २९ गतेनै निर्णय गरिएपनि वैशाख ६ गते सम्म जिल्ला संयन्त्रले निर्णय गर्न सकेको छैन । गठवन्धनमा आवद्ध नेपाली कांग्रेसले स्थानियतहरुमा एमाले जितेका पदमा तालमेल गर्ने र बाकिमा आफनै पार्टीको दावी गर्दै आएको छ । अर्को तर्फ जनता समाजवादी पार्टीले एमाले र लोसपा जितेका पदमा तालमेल गर्ने र बाकिमा आफनो दावी गर्दै आएको छ । अर्को तर्फ एकिकृत समाजवादी पार्टीले एमाले जितेको स्थानमा आफनो दावी गर्दै आएको छ भने बाकि रहेको स्थानीयतहमा तालेमल गर्नका लागि भनेपछि कसैको मत मिल्न सकेको छैन । सोमवार धनुषामा वसेको जिल्ला संयन्त्रको वैठकबाट नेपाली कांग्रेस निस्केका थिए र उनिहरुले अलग्गै वैठक वसाएका थिए । मधेशका जिल्लाहरु मध्ये खासगरि जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी दुवैले दावी गर्दै आएको छ । दावी गर्दै आएपनि केन्द्रिय निर्णयको पर्खाइमा दुवै दलरहेको वताउदै आएको छ । यता सोमवार वसेको केन्द्रिय वैठक विना निष्कर्ष सम्पन्न भएको छ भने मंगलवार पनि वैठक पुन वसेको छ ।
मधेसमा सत्ता गठवन्धनको वैठक जारी
गठवन्धनको मधेश प्रदेश संयन्त्रको मंगलवार पनि जनकपुरधाममा वैठक वसेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) जितेको ३४ पालिकाको भागवण्डा मिलाउन गठबन्धन बैठक बसेको बताइएको छ । सोमबार बसेको बैठकमा अन्य पालिकाहरुमा आवश्यक्ता र औचित्यको आधारमा तालमेल र एमाले र राजपा जितेको पालिकामा तालमेल गर्ने निर्णय गरेको थियो । राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलबीच छलफल हुनेछ भने त्यसका लागि कसरी जाने भनी मापदण्ड निर्धारण गर्ने आन्तरिक गृहकार्य मंगलवारको बैठकमा भइरहेको नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सचिव योगकुमार बरबरियाले जानकारी दिए । ३४ पालिकामा कुरा नमिलेमा गठबन्धन दल बाहेककाहरुसँग तालमेल निर्वाचन लड्न नपाउने हुनाले गठबन्धनका घटक दलसँगै वा एक्लै निर्वाचन लड्नुपर्ने उनले बताए । आइतबारदेखि निरन्तररुपमा जारी रहेको गठबन्धनको बैठकमा सोमबार पाँच वटै दलका जिल्ला अध्यक्षहरूसँग जिल्लागत र पालिकाको वस्तु अवस्था तथा विपक्षी दलको वस्तु अवस्था बुझ्ने काम भएको र मंगलवार पनि केही जिल्लाका अध्यक्षहरूसँग छलफल हुनेछ । जिल्ला अध्यक्षहरूसँग बैठक सकिएपछि मंगलवारनै मधेस प्रदेशको गठबन्धनको बैठकबाट मोडालिटीसहितको निष्कर्ष सम्भावना रहेको वताइएको छ ।

तपाईको प्रतिक्रिया !!