टुडे एक्सप्रेस चैत,१०
रागिनी पण्डित
बागमती – छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत आज विहिबार दिउँसो ४ बजेदेखि आयोजक बागमती युवा क्लब र डिफेण्डिङ च्यम्पियन पिप्ले युवा क्लबबीच पहिलो सेमिफाईनल खेल सूरु भएको छ ।सन्तोष श्रेष्ठ समृति खेलमैदानमा भईरहेको दुई टिमबीचको खेल निकै प्रतिष्पर्धात्मक हुने आयोजक बागमती युवा क्लबका म्याच कमिस्नर दिपक लामाले जानकारी दिएका छन । विजयी टिम फाईनलमा प्रवेश गर्ने हुँदा दुवै टिमका खेलाडीले जीतका लागि मरिमेट्नेछन् । यसअघि क्वाटरफाईनल चरणमा एनआरटीलाई हराएको बागमती र हिमालयन शेर्पालाई हराएको पिप्लेको पहिलो सेमिफाईनलमा भेट भएको हो ।पाँचौ संस्करणको विजेता पिप्ले आज बागमतीलाई हराउँदै लगातार दोस्रो पटक राजर्षि कप उचाल्ने यात्रामा अगाडि बढ्न चाहन्छ । यता घरेलु मैदानमा हुने सेमिफाईनल प्रतिष्पर्धामा हेटौंडालाई जसरी पनि पन्छाउँदै जसको फिल्ड, उसको शिल्ड भन्ने फुटबलमा चलेको पूरानो उक्तिलाई वास्तविकतामै परिणत गर्दै आयोजक टिम आफैले उपाधी कब्जाका खातिर फाईनल यात्राका लागि बागमतीका खेलाडीले जोडदार प्रयास गर्ने छन् । निरन्तरको खेल र दिनरात यात्रामा हिड्नु परेका कारण पिप्लेलाई जीत्नका लागि बागमतीका खेलाडीले निकै बढी मेहेनत गर्नु पर्ने निश्चित छ । आजको विजेता फाईनलमा पुग्ने र जीते १० लाख सहित प्रथम उपाधी चुम्ने नभएपनि उपविजेता बन्दै ५ लाख रूपैंयाको हकदार बन्ने सुनिश्चित रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !!