संजय मिश्रारौतहट १४ पुस ।रौतहट स्थित जन्ती बोकेर फर्किरहेको भारतिय नम्बरको एउटा स्कार्पियो दुर्घटना हुंदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन । गौर- चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बिचमा ८ जना सावार Br 05 ! 6953 नम्बर गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपि बिनोद घिमिरेले बताएका छन । अन्य घाइते ३ जनाको गरुडा स्थित विभिन्न अस्पतालमा उपचार भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन ।रौतहटको गढिमाई नगरपालिका ३ गमहरिया बाट नरकटिया जन्ती बोकेर गएको उक्त गाडी फर्किने क्रममा अपरान्ह ३ बजे तिर दुर्घटना भएको घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन । दुर्घटना लगत्तै प्रहरीले उद्वार गरेर अस्पताल पुर्याएको थियो । मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र हालसम्म पहिचान नखुलेको तथा दुर्घटना को कारण नखुलेको डिएसपी भण्डारीले जानकारी दिएका छन ।घटना बारे थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!