सुनिल कार्की/ पाल्पा
नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेत्रृत्व पाएको छ । गत भाद्र २१ देखि सुरु भएको वडा तह देखिको वडा अधिवेशन सम्पन्न भएको हो ।
यस पटकको वडा अधिवेशनले जिल्लामा युवा पुस्ता देखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ । २ नगरपालिका र ८ पालिकामा भएको वडा अधिवेशनमा २८ वर्षीय प्रकाश ज्ञावली जिल्ला कै कान्छो वडा सभापति बनेका छन । ज्ञावली रामपुर नगरपालिका वडा नं ३ को वडाबाट सर्वसहमतिमा नेतृत्वमा पुगेका हुन् ।
ज्ञावली विद्यार्थी राजनीति देखि तरुण दल हुँदै सक्रिय राजनितीमा लाग्दै आएका थिए । नेपाल तरुण दल रामपुरका सहसचिव समेत रहेका ज्ञावली नगरभित्रका हरेक गतिविधिमा स्पष्ट धारणा राख्ने सक्रिय व्यक्तिको रुपमा चिनिएका थिए ।
वडा सभापतिमा निर्वाचित ज्ञावलीले आफु नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताए । ज्ञावलीले भने “विगत देखि नै समाजिक कार्यमा सक्रिय भएर लाग्दै आएको छु । म नामको लागि होइन समाजमा युवाको तर्फ बाट केही गर्छु भनेर सक्रिय राजनितीमा आएको हुँ ।”
ज्ञावलीले आफु सिकाईको चरणमा रहेको भन्दै अग्रजहरुको सुझाव र सल्लाह अनुसार अघि बढ्ने समेत बताए ।
तपाईको प्रतिक्रिया !!