सूर्य नारायण विक/वीरगञ्ज
वीरगञ्जलाई व्यवस्थित बनाउने अभियानका अभियानताहरु फेरी तातिएका छन् । मौसम अनुसार कहिले तातिने र कहिले सेलाउने अभियानका अभियानताहरुसहित सरोकारवालाबिच बिहिवार जिल्ला प्रहरी कार्यालय पर्सामा छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय बमोजिम वीरगञ्जको घण्टाघरदेखि बसपार्कसम्मको सडक अतिक्रमण हटाइएको सामुदायिक सेवा केन्द्र मिना बजारका अध्यक्ष बिदुर गुप्ताले जानकारी दिए ।
सडक अतिक्रमण गरेर राखिएका विभिन्न निर्माण सामाग्रीदेखि अन्य सामाग्री समेत नियन्त्रणमा लिएर खाली गराउनुका साथै जरिवाना समेत गराउने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफले जानकारी दिए ।
वीरगञ्ज शहरलाई व्यवस्थित गराउन विभिन्न अभियानहरु बेला बेला सञ्चालन हुन्छन् तर निरन्तरता पाउन सक्तैनन् । यदि वास्तव मै निर्णय भए बमोजिम कार्यन्वयन हुने हो भने वीरगञ्जलाई व्यवस्थित बनाउन कुनै समय नलाग्ने विश्लेषकहरु बताउँछन् ।
यद्यपी अहिले पनि बजारमा यत्रतत्र छाडा जनावर देख्न सकिन्छ । जसका कारण दुर्घटना हुने जोखिम पनि बढी हुन्छ । बिहिवार बसेको बैठकले छाडा पशु चौपायलाई पनि नियन्त्रणमा लिने निर्णय गरेपनि यसले निरन्तरता पाउनेमा भने आशंका उत्पन्न भएको छ ।
सडकसँगै फुटपाथलाई पनि आफ्नै सम्पती सरह प्रयोग गर्ने परिपाटी वीरगञ्जमा हावी हुँदा पैदल यात्रुहरु सडकमा हिँड्न बाध्य हुन्छन् । वीरगञ्जका लागि मुख्य चुनौतीको विषय बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की बताउँछन् । ट्राफिक व्यवस्थापन, छाडा चौपाय नियन्त्रण, सडक अतिक्रमण र फोहोरको व्यवस्थापन मात्रै गर्न सके वीरगञ्जलाई सुन्दर र व्यवस्थित बनाउन कसैले रोक्न सक्तैन ।
तपाईको प्रतिक्रिया !!