अनिल कुमार घिमिरे
चीनलाई अपवाद मानेर हेर्ने र केलाउने हो भने कम्युनिष्टहरुको बाहुल्य रहेको देशहरुमा कम्युनिष्ट नेताहरु पार्टीको शिर्षमा पुग्न र टिक्न गुट, टुट र फुटमाथि विश्वास गर्छन् । कम्युनिष्टहरुको जन्मधर्ती रसियाको कुरा गर्ने हो भने पनि भलादमीर इलिच्यलेनिन देशको प्रमुखहुँदाका समयमा पनि निकिता खु्रश्चेव र जोसेफ स्टालिनको गुट सकृय थियो । दुबै जना रसियाको प्रमुख भए तर उनीहरुले कम्युनिष्ट पार्टी भने फोडेनन् ।
कुरा गरौ दक्षिण छिमेकी राष्ट्र भारतको । भारतमा कम्युनिष्ट पार्टीको जन्म त भयो तर यहाँपनिप्रारम्भबाटै माक्र्सवादी कम्युनिष्ट पार्टी (माकपा) र भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का नामबाट सकृय रहे । त्यसो त दोस्रो विश्वयुद्ध पश्चात विश्वका धेरै देशहरुमा कम्युनिष्ट शासन स्थापन भयो । तर ती मुलुकहरुमा जनसंख्या कम थियो । जनसंख्याको मामलामा रसिया भन्दा भारतमा बढी थियो । त्यसबेला सम्र्पूूण भारतमा कम्युनिष्टहरुको तिब्र रुपमा विस्तार भयो । भारत स्वतन्त्र भएपछिका वर्षमा विभिन्न राज्यमा कम्युनिष्ट पार्टीहरुले लामै समयसम्म शासन चलाए । अझ भारतको पश्चिम बंगालमा त ज्योती बशुको नेतृत्वमा २३ वर्षसम्म वामपन्थीदलहरुले शासन चलाए । जुन गिनिज बुक वल्ड रेकर्डमा समेत समावेश छ । जब ज्योती बशुको वंगालको मुख्यमन्त्रीको रुपमा अन्तिम कार्यकाल थियो बशुलाई भारतको प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो । तर भाकपाका महासचिव हरकिसन सिंह सुर्जितले ‘अहिले भारतमा वामपन्थी दलको कुनै व्यक्ति प्रधानमन्त्री बन्ने र वामपन्थी दलको नेतृत्वमा सरकार बन्ने बेला भएको छैन ।’ भन्दै बशुलाई प्रधानमन्त्री बन्न दिएनन् । बशु सोमनाथ चटर्जी महासचिव रहेको मकपामा आबद्ध थिए । भनिन्छ सुर्जितले आफू प्रधानमन्त्री बन्न नपाएपछि बशुलाई प्रधानमन्त्री बन्न दिएनन्, जुन चर्चा लामै समयसम्म चल्यो । भारत सरकारको नेतृत्व लिनबाट बामपन्थीदलहरु चुके । अहिलेसम्म वामपन्थीदलहरुको नेतृत्वमा भारतमा सरकार बन्न सकेको छैन ।
भारतमा भाकपा र माकपाको संगठन बलियो रहेकै बेला नेपालसँग सिमाना जोडिएको बंगाल नक्सलबाडीमा चारु मजुमदारको उदय भयो र मजुमदारले त्यही ‘नक्सस्लाइटस’ अर्थात नक्सलवादको जन्मदिए । जुन नक्सस्लाइटस आज भारतको वंगाल, विहार, छतिसगढ, आन्ध्रा प्रदेश लगायतका ठूला राज्यहरुमा सक्रिय छन् । चारु मजुमदार तिनै व्यक्ति हुन् जुन अहिलेका नेकपा एमाले, त्यस बेलाका नेकपा मालेका शिर्ष नेताहरुको राजनीतिक गुरु पनि थिए । धेरैलाई लाग्दो हो भारतमा भाकपा, पाकपा र नक्सस्लाइटस गरी तीन वटा कम्युनिष्ट पार्टी मात्र छन् । तर यी तीन बाहेक पनि भारतमा भाकपा( माओवादी), भाकपा(माले), भाकपा(मालेमा), पीपुल्स वार ग्रुप, रणविर सेना, फरवार्ड ब्ल्कलगायत राष्ट्रिय र क्षेत्रिय स्तरमा कम्युनिष्ट पार्टीका नाममा थुप्रै पार्टी र समूहहरु सक्रिय छन् ।
कुनै बेला भारतको कैयन राज्यमा शासन गर्ने र सम्पूर्ण भारतकै नेतृत्व गर्ने अवस्थामा पुगेको, निर्वाचनका बेला धेरै राज्यहरुमा थुप्रै विधायकहरु जित्ने र केन्द्र सरकारमा प्रमुख दख्खल दिने कम्युनिष्ट पार्टीहरु आज राज्य सरकार बनाउने त कुरै छाडौं, सरकार बनाउन निर्णायक विधायकहरु जिताउन सक्दैनन्् भने केन्द्र सरकारमा पुग्न सांसद जिताउने टाढाको कुरा हुँदै गएको छ । विद्यायक र संसदको एक सिट जित्नका लागि क्षेत्रिय दलहरुको बैशाखीको साहारा लिने अवस्थामा पुगको छन् भारतका कम्युनिष्टहरु । कुनै बेला भारतको राजनीतिमा महत्वपूर्ण र प्रभावशाली भूमिका निर्वाह गर्ने भारतका कम्युनिष्ट पार्टीहरुलाई अहिले आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेको छ । त्यसैगरी कुनै बेला एसिया र विश्वका विभिन्न मुलुकका वामपन्थीहरुका लागि आर्दश पार्टी रहेका भारतका कम्युनिष्ट पार्टीहरु अहिले अस्तित्वको चपेटामा परेका छन् । यसको प्रमुख कारण हो, भारतका कम्युनिष्ट पार्टीहरुमा विभाजन हुनु, यसका साथै कम्युनिष्ट पार्टीका नेताहरुको दम्भ, घमण्ड, व्यक्तिवाद र पार्टीको शिर्षमा जसरी पनि पुग्ने प्रवृति । कम्युनिष्ट पार्टीहरु छताछुल्ल हुनुले कुनैबेला सोभियत संघ पछि बाक्लो वामपन्थीहरुको उपस्थिती रहेको भारतमा अहिले कम्युनिष्ट आन्दोलन एक प्रकारले धरासायी नै भएको छ भन्दा हुन्छ ।
अब कुरा गरौं नेपालको । २०४७ सालमा बहुदलिय व्यवस्थाको पुनस्थापना पश्चात भएको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी र नेकपा एमाले दोस्रो ठूलो पार्टीको रुपमा उभरियो । सोभियत संघसहित विश्वमा कम्युनिष्ट शासनहरु रहेका मुलुकहरुमा कम्युनिष्ट शासन धमाधम पतन भइरहदा नेपालमा भने त्यही बेला कम्युनिष्ट पार्टी अर्थात नेकपा एमालेको उदयभ इरहेको थियो । त्यसैले त त्यसबेला अमेरिकाको एउटा प्रतिष्ठीत पत्रिकाले लेखेको थियो ‘कार्लमाक्र्स लिभइन नेपाल’ । पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्यायो र गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बने । तर कोइरालालाई बहुमत पचेन । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग किचलो भएपछि (कोइराला र देउवाबीचको किचलोको चर्चा नगरौं यो सबैलाई थाहा भएको कुरा हो) कोइरालाले मध्यावधीको निर्वाचनको घोषणा गरे । मध्यावधी निर्वाचन आउनु अघि नै नेकपा एमाले फुट्यो । वामदेव गौतम र सिपी मैनाली मिलेर नौलो जनवादको नाममा नेकपा माले गठन गरे । तर मध्यावधी निर्वाचनमा मालेले एउटा पनि सिट जितेन बरु नेकपा एमाले नै संसदमा ठूलो दल त भयो तर दुर्भाग्य फुटका कारण उसले बहुमत ल्याउन सकेन । यद्यपि ठूलो दल भएकाले मनमोहन अधिकारीको नेतृत्वमा एमालेले नौ महिना शासन ग¥यो । उता २०५२ सालबाट तत्कालिन नेकपा माओवादी जनयुद्धको घोषणा गर्दै भूमिगत भयो ।
२००६ सालमा पुष्पलाल अमात्यसहित पाँचजना शिर्ष नेताहरुले भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । त्यसयता आजको अवस्थामा आउँदासम्म पुष्पलालहरुले स्थापना गरेको कम्युनिष्ट पार्टी टुटफुट हुँदै कम्युनिष्ट पार्टीको नाममा दर्जनौ कम्युनिष्ट पार्टीहरु बने । पुष्पलालहरु स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी, नेकपा एकता केन्द्र, नेकपा मशाल, नेकपा मसाल, नेकपा माक्र्सवादी, नेकपा चौथो महाधिवेशन, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा(मालेमा), नेकपा एमाले, नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, नेकपा (बैद्य), नेकपा (विप्लव)सहित डेढ दर्जन बढी कम्युनिष्ट पार्टी स्थापनाहरु भए । अहिले पनि आधा दर्जन भन्दा बढी कम्युनिष्ट पार्टीहरु अस्तित्वमा रहेका छन् । एउटै सिद्धान्त, एउटै विचार र एउटै मार्ग हुँदाहुँदै पनि कम्युनिष्ट पार्टीहरु चिराचिरा भएर रहँदा कुनै पनि देशमा कम्युनिष्ट पार्टीहरु बलियो हुँदैनन्, कम्युनिष्ट आन्दोलन सफल हुँदैन । यही कारणले नेपालमा साठी प्रतिशत भन्दा बढी मतदाता कम्युनिष्ट पार्टीहरुको पक्षमा रहँदा रहँदै पनि कहिले कम्युनिष्ट आन्दोलन सफल हुन सकेन ।
तर, २०७५ साल जेठ ३ गते आम कम्युनिष्ट सर्मथकहरुका लागि सुखद र संसारका लागि एउटा आश्चर्यको घटना भयो । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादीबीच सोही दिन एकिकरण भयो । एकिकरण हुनु अघि यी दुई पार्टीले प्रदेश र संसदीय निर्वाचनमा भाग लिए परिणाम पनि सुखद नै आयो । सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेक ६ वटा प्रदेशमा यो गठबन्धनको सरकार बन्यो । संघीय सरकारमा लगभग दुई तिहाइ बहुमत हासिल ग¥यो । एकिकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी चीन र भियतनाम पछि एसियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी बन्न पुग्यो । पाँचवर्षको लागि यो पार्टीले नेपालको सत्ता सञ्चालनको साँचो आफ्नो हातमा लियो, यो पाँच वर्षसम्म यो पार्टीलाई हल्लाउने कोही थिएनन्, केपी ओलीको नेतृत्वमा सरकार पनि बन्यो ।
तर तीनवर्ष बित्दा नबित्दै आम नेपाली जनता र वामपन्थी सर्मथकहरुका लागि दुखद अनि नेपाली कम्युनिष्ट आन्दोलनको लागि दुर्भाग्यको त्यो क्षण आरम्भ भयो । जब यो पार्टीको शिर्ष नेताहरुमा विग्रह र विवाद प्रारम्भ भयो । विग्रह र विवाद यति झाँगियो की यो सर्वोच्च अदालतसम्म पुग्यो र सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पु¥याइ दियो । एकिकृत भएका नेकपा एमाले र नेकपामा ओवादीपुनः छुट्टा छुट्टै पार्टी बने तर एमाले भित्रको विग्रह र विवाद थामिएन र यसले उग्र रुप लियो । एमालेमा ओली र नेपाल समूहबीचको विवाद त्यसबेला चरममा पुग्यो जब माधवकुमार समूहले शेरबहादुर देउवाले संसदमा मत दिनु र प्रधानमन्त्री पदबाट केपी शर्मा ओली बहिर्गमित हुनुले नेकपा एमाले अन्ततः फुटको संघारमा पुग्यो र फुट्यो पनि । एमाले फुट्नुको अन्र्तय उल्लेख गरिरहनु पर्ने आवश्यकता छैन जग जाहेर भइसकेको छ ।
नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि एमाले विधिवत रुपमा फुटेको हो । नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । यद्यपि अहिले पनि दूई शिर्ष नेताहरु ओली र नेपाल अनि नेकपा एमालेलाई एक गराउनका लागि दुबै पक्षका दोस्रो पुस्ताका नेताहरु सक्रिय भएर लागे पनि माधव नेपाललाई नयाँ दल दर्ता गर्नबाट जोगाउन भने सकेनन् । तेश्रो धार मानिएका उनीहरु मुलधारमै रहेका छन् । एमालेबाट विभाजन भएर बनेको नेकपा एसमाजवादी अब देउवा सरकारमा सहभागि बन्ने छ । एमाले विभाजनले एमालेलाई भन्दा काँग्रेस माओवादीलाई बढी लाभ देखिएको छ ।
(लेखक घिमिरे पत्रकार हुन् )
तपाईको प्रतिक्रिया !!