२०७८ साउन ३२/ टुडे एक्सप्रेस
यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ।टोटेनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटी १-० गोल अन्तरले पराजित भएको हो। टोटेनहमको जितमा ह्युङ मिन सनले निर्णायक गोल गरे।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा सनले निर्णायक गोल गरेका हुन् । गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले न्युकासल युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको छ।
तपाईको प्रतिक्रिया !!