
विनय कर्ण । सप्तरी: सप्तरीको खडग पाँची नदीमा सुलिस गेट सहितको वाटर ड् याम्प निर्माण काम शुरु भएको छ । डाक्नेश्वरी नगरपालिका ६ स्थित फत्तेपुरमा कोशी पश्चिमी नहर नजिकै सुलिसे गेट सहितको वाटर ड्याम्प निर्माण काम सुरु भएको हो। उक्त निर्माण कामको एक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य विदेश्वर प्रसाद यादव र डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले संयुक्त रुपमा शिल्यानाश गरेका छन्।
प्रदेश सरकारको भौतिक पुर्वाधार निर्माण कोषको १ करोड २५ लाख लागतमा खडक पाँची मझौला सिंचाई योजना अन्तर्गत निर्माण काम शुरु भएको प्रदेश सभा सदस्य यादवले जानकारी दिए । किसानहरूको खेतमा सिंचाई पु¥याउन प्रदेश सरकारले मझौला सिंचाई योजना ल्याएको सोही अन्तरगत यो योजना शुरु भएको यादवले बताए । यो आयोजनाा पुरा भएपछि ६ सया विघा खेतमा सिंचाई पुग्ने नगरपालिका प्रमुख साहको दावी छ ।
तपाईको प्रतिक्रिया !!