
रौतहट: रौतहटको राजदेवी नगरपालिकाले १५ सैयाको अस्पताल बनाउने भएको छ । राजदेवी नगरपालिकाको वडा नं.३ चण्डियामा १५ सैयाको अस्पताल चाडैं नै संचालन हुने नगर प्रमुख धिरेन्द्र सिंहले बताए । अस्पतालको दुई तल्ले भवन निर्माणको कार्य र विरामीहरूको लागि आवश्यक आधुनिक उपकरणहरू नगरपालिकाले व्यवस्था मिलाइ सकेको जानकारी दिँदै नगर प्रमुख सिंहले सहज स्वास्थ्य सेवाको स्थापनाका लागि नगरपालिकाले काम थालेको बताए ।
दक्ष एवं अनुभवी डाक्टर, नर्स, स्वमसेविका, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, अनमी, कम्पाउण्ड, कार्यालय सहयोगी, स्वीपर गरि २५ जना कर्मचारीहरू भर्नाका लागि बोलपत्र आह्वान भइसकेको बताउदै नगरप्रमुख सिंहले अस्पताल चाँडै नै संचालनमा आउने बताए । अस्पताल संचालन भएपछि स्थानीयलाई जिल्ला अस्पताल गौर र सुविधा सम्पन्न अन्य अस्पताल जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । उक्त अस्पतालबाट नगरभरिका जनतासहित पश्चिम सर्लाहीका नागरिकले पनि सुविधा पाउने नगरपालिकाले जनाएको छ ।
नेपाल सरकारले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ अस्पताल नभएका तीन सय ९६ वटा स्थानीय तहमा मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिए अनुरुप राजदेवी नगरपालिकाको वडा ५ पताहीमा निर्माण गरिने अस्पतालको शिलान्यास समेत भइसकेको छ । नागरिकलाई सेवा दिने सवालमा अहिलेको सरकारले गरको े प्रयास देखेर विपक्षीहरू आत्तिएको भन्दै आफूहरू जनसेवामा सधैँ एक कदम अघि रहेको मेयर सिंहले दाबी गरे।
तपाईको प्रतिक्रिया !!