
रौतहट: जिल्लाको गरुडा नगरपालिका ९ मा अति विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । ग्रामीण विकास केन्द्र नेपाल, रौतहट र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण र उत्थानशील जिविकोपार्जन कार्यक्रम अन्तर्गत गरुडा नगरपालिका ९ का ३१ अति विपन्न घर परिवारलाई बाख्रा वितरण गरिएको हो। उनीहरूको आयआर्जनमा टेवा पु¥याउने उदेश्यले स्थानीय, जमुनापारी र खरि जातका क्रस बाख्रा तथा बोका वितरण गरिएको वल्र्ड भिजनले जनाएको छ ।
प्रतिघरपरिवार ३ वटा बाख्रा र सामुहिक रुपमा ६ समुहमा विभाजन गरि ६ वटा बोका गरि जम्मा ८७ बाख्रा र ६ बोका वितरण गरिएको हो। वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामिण विकाश केन्द्र नेपालको साझेदारीमा गतवर्ष फैलिएको महामारी कोभिड–१९ बाट प्रभावित अति विपन्न परिवारलाई उनिहरूको जिविकोपार्जन, आयआर्जन साथै गुमेको व्यवसायमा पुनःस्र्थापना गर्ने लक्ष्य राखिएको कार्यक्रम संयोजक राजेश प्रसाद चौधरीले बताए ।
तपाईको प्रतिक्रिया !!