संजय मिश्रा ,रौतहट : रौतहट लगायत समग्र मधेशमा हुने विहेको अवसरमा आयोजना गरिने वरमाला स्वयम्भर मधेशीको संस्कृति कि विकृति भन्ने प्रश्न उठ्न थालेको छ । मधेशमा हुने विहेमा झण्डै दुई दशक देखि प्रचलनमा रहेको वरमाला स्वयम्वरको नाउँमा पछिल्लो समय गलत क्रियाकलाप हुन थालेपछि कतिपयले सामाजिक सञ्जाल फेसबुकमा नै यो संस्कृतिको नाउँमा विकृति हो भनि आवाज उठाउन थालेका छन्। दुई दशक अघिसम्म प्रायः पहाडी समुदाय र कतै कतै सहरी क्षेत्रमा हुने विहेमा वरमाला अर्थात् स्वयम्वरको चलन रहेको थियो। तर आर्थिक सम्पन्नता र संचारको विकास सँगसँगै सहर देखि गाँउसम्म विपन्नदेखि सम्पन्न सम्मका छोराछोरीको विवाहमा वरमाला प्राय.ं अनिवार्य नै भएको छ ।
एकजना समाजसेवी सरोज रायले मंगलवार आफनो अधिकारीक फेसबुक पेजमा कहाँबाट यस्तो कुरीति भित्रियो, यसलाई बन्द गरौं, भनेर लामो विश्लेषण गर्नु भएको छ । विहेको समय स्वयम्वरको रिवाज हुन्छ । प्राय. जसो स्वयंबर सजाईएको स्टेजमा हुन्छ र जन्ती अगाडी बसेका हुन्छन्। माहौल एकदमै राम्रो हुन्छ । स्वयंबर वरमाला सकिनासाथ बेहुला बेहुलीको आफन्तजन देखि लिएर जन्तीमा आएका व्यक्तिहरू स्टेजमा चढ्छन र दुबैहात बेहुलाबेहुलीको टाउकोमा राखेर पोज दिँदै फोटो खिचाउँछन्। पकेटबाट पैसा निकालेर बुेहुलाबेहुलीका साथै उनीहरूसँगै स्टेजमा आएका कन्याहरू समेतलाई दिन्छन्। कतिपय ठाँउमा जन्ती गएका आफन्त तथा बेहुलाबेहुलीको परिवारसँग नजिक सम्बन्ध रहेकाहरूको पहिलै लिस्ट बनाएर वरमालाको समय नाम राखेरै आशिर्वाद दिन भन्दै माईकबाटै बोलाईन्छ । विचारा जन्ती रमाईलो गर्छु भनेर गएका हुन्छन् तर आशिर्वादको नाउँमा पकेट खाली गर्दा कस्तो पिर । यो नाटक घन्टौ चल्छ ।
विचरा ढाड भाँचिने गरी सबैलाई ढोकेकोढोक्यै हुन्छन्। बरमाला सकिए पछि मात्र खाना खुवाउने चलनले खानाको परिकारहरू सबै चिसो भई सकेको हुन्छ । भोकाएका जन्ती समयमा खान पाउँदैनन् कस्तो पिर । सरोज रायले अर्को प्रसंगमा कतिपय बेहुलाले आदर्श बिवाह गरेको डंका बजाउँछन् तर यो रिवाजबाट हजारौं रुपैयाँबाट पकेट गर्माए कै हुन्छन् भनी टिप्पणी गरका छन् े । अगाडी उनले सुझाव दिएका छन् वरमाला पछी ठुलावडाको आर्शिवाद नै चाहिन्छ भने स्टेजबाट बेहुलाबेहुलीले एकमुस्टै ढोक गररे आर्शिवाद लिन सक्छन्। अन्तमा यस्तो कार्टुनगिरी र जन्तीलाई दुःख दिने रीवाज बन्द गर्नुपर्छ हामी गर्न सक्छौं ।
उनले सबैलाई आग्रह गरेका छन् जन्ती जानु अगाडी बेहुलालाई भनांै वरमालाको नाउँमा पैसा लिने रीवाज गर्छौ भने हामी जन्ती जाँदैनौं अनि मात्र विस्तारै यो विकृती समाजबाट हटछ । बरमाला आफैमा एउटा गरिमा हो हाम्रो संस्कृतिले पनि यसलाई मान्यता दिएको छ । त्यतीमात्रै होईन वरमालाको समय वर र वधुले एक अर्कालाई माला लगाउने दृष्य आफैमा सोभनिय छ र जन्ती गएका सबैले एकपटक बेहुलीलाई हेर्ने अवसर पनि पाँउछन्। तर पछिलो समय कतिपयले वरमाला लाई एउटा पैसा उठने स्रोतको रुपमा बनाएको कारण बरमाला संस्कृती हुँदा हुँदै पनी बिकृतीको रुप लिनथालेको जानकारहरूको ठम्याई छ ।
तपाईको प्रतिक्रिया !!