Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नागरिकता नहुँदा सदाय समुदाय भूमिबाट बञ्चित, ५० हजार बढी सदाय समुदायमा ९० प्रतिशत बढीको भूमिमा स्वामित्व छैन


नागरिकता नहुँदा सदाय समुदाय भूमिबाट बञ्चित, ५० हजार बढी सदाय समुदायमा ९० प्रतिशत बढीको भूमिमा स्वामित्व छैन


आशिष विश्वकर्मा , सिरहा:
सरकारले भूमिहीनहरूको लागि एकपटकलाई भूमि व्यवस्था गर्ने योजना ल्याएपनि आफूलाई भूमिपुत्र भनेर चिनाउन रुचाउने तराइका भूमिहिन सदाय (मुसहर) हरूमध्ये अधिकांशले भूमि नै नपाउने अवस्था देखिएको छ । भूमि प्राप्तिका लागि नागरिकता नै पहिलो प्राथमिकता भएपनि उनीहरूसँग नागरिकता नहुँदा उनीहरूले भूमि नपाउने अवस्था देखिएको हो। चरम गरीबीको कारण गाउँघरमा माटोको काम गररे गुजारा गर्ने सिरहा धनगढीमाई नगरपालिकाका सीमान्तकृत भूमीहीन सदाय(मुसहर) समुदायहरू नगरिकता नभएकै कारण भूमीबाट बञ्तिचित हुने भएका हुन्। नागरिक्ता नभएका कारण तीन दर्जन सदाय परिवार भूमीबाट बञ्चित हुनुपरेपछि उनीहरूले सरकारसँग नगरिकता दिलाई भूमीको ब्यवस्था गरिदिन माग गरेका छन् ।

सरकारले दलित, गरीब, भूमीहीन र अव्यवस्थित बसोवासीका लागि भूमीको व्यवस्था गर्न भूमी आयोगको गठन गरेको छ । सरकारले गठन गरेको भूमीआयोगले पहिलो चरण अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकासहित अधिराज्यभरि १४ वटा नगरपालिकाहरूमा लगत संकलनको कार्य समेत सम्पन्न गरेको छ । तर सिरहाको धनगढीमाई नगरपालिकामा नागरिकता नहुँदा ३४ घरपरिवार सीमान्तकृत मुसहर समुदाय भूमीबाट बञ्तित हुने भएको हो। पुस्तौंदेखि बसोवास गर्दै आएको थातथलो नागरिकताका कारण लगत संकलन नहुँदा आफूहरू भूमीबाट बञ्चित हुने उनीहरू बताउँछन्। धनगढीमाई नगरपालिका ९ मुसहरनियाँका २५ वर्षिय देवकी सदायको परिवार नागरिकता नभएकै कारण पूस्तौंदेखि बसोवास गर्दै आएको थलोको स्वामित्वबाट फेरी वञ्चित हुने भएको छ । उनले सरकारले भूमिहिनलाई स्वामित्व दिने भने पनि नागरिकता नभएकै कारण आफूहरू बसेकै जमिनको स्वामित्वबाट बञ्चित हुने भन्दै चिन्ता व्यक्त गरे। उनीमात्र हैन मुसहरनियाँ वस्तिमा आधिकांशसँग नागरिकता छैन ।

भएकाहरूको पनि धेरैको बुवाकै जन्मसिद्ध नागरिकता भएकाले छोराहरू नागरिकता विहिन छन्। मुसहरनियाँर्कै ६७ वर्षिय रासो सदाले भने, ‘वस्तिमा धेरैका नागरिकता छैन, भएकाहरूको पनि बुवाको जन्मको आधारमा नागरिकता लिएकाले छोराहरू नागरिकता विहिन छन्। उनले नागरिकता नभएकै कारण पुस्तौंदेखि बस्दै आएको जमिनमा स्वामित्व प्राप्त हुने आशा पनि मर्न थालेको बताए । दलित, गरीव , भूमीहीन, अल्पसंख्यक र अव्यवस्थित बसोबासीका लागि भूमीको व्यवस्था गर्न गत माघ महिनादेखि लगत संकलनको कार्य सुरु गरेको र नगरिकता नहुँदा नगरपालिकाका ३४ भन्दा बढी घरपरिवार मुसहर समुदाय भूमीबाट बञ्चित हुने अवस्था आएको धनगढीमाई नगरपालिकाका प्रबक्ता तथा वडा नम्वर ९ का वडा अध्यक्ष प्रकाश योङजनले बताए । उनले भने सरकारको पहिलो सर्त नै नागरिकता हुनुपर्छ भन्ने हो, उनीहरूसँग त्यो नै छैन, त्यसैले उनीहरूले जमिनमा स्वामित्व पाउने सम्भावना कम छ ।’

नगारिकता नभएकै मुसहर समुदायहरू सामजिक सुरक्षा भत्ता, बालपोषण भत्ता, बिजुली बत्ति जस्ता आधारभुत सेवाबाट बञ्चित छन्। सिरहा धनगढीमाई नगरपालिकाका मुसहर समुदायले तीन नै तहका सरकारसँंग नागरिकता व्यबस्था गरिदिन माग गरेका छन् । भूमि संयोजक संजय चौधरीले नगरपालिकाका १४ वडाबाट २ हजार ६ सय २६ घर परिवारको लागत संकलन गरिएको बताए । संकलित सवै फर्महरू दर्ता भईसकेको पनि उनले जानकारी दिए । उनले सरकारी सुविधा लिन सवैभन्दा पहिलो सर्त नागरिक हुनुपर्ने बताउँदै नागरिकता नभएकाहरू यो प्रकृयामा सहभागी हुनै नपाउने बताए । सिरहामा सदाय समुदायको ५० हजार भन्दा बढी जनसङ्ख्या रहेको करिव ९० प्रतिशत भन्दा बढीको भूमिमा स्वामित्व नरहेको बताइन्छ । जसका कारण उनीहरू राज्यभित्रै राज्य विहिनताको अवस्थामा रहेका छन्।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर