जनकपुरधाम : मधेसका चर्चित हाँस्य कालाकार स्वर्गिय बद्री राउतलाई ‘हुक्कालोली’ परिवारले श्रद्धाञ्जली दिएको छ । बुधबार जनकपुरधामको पिडारी चोकमा हुक्कालोली परिवारले दिपप्रज्वलन गरी मृतक राउतलाई श्रद्धाञ्जली दिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, कालाकारहरु बिएन पटेल, परमेश झा, रामनारायण ठाकुर, राजेश सक्सेनासहितका कलाकारले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पन गरेका छन् ।
सो श्रद्धाञ्जली समारोहमा मन्त्री यादवले मैथिली कला क्षेत्रको विकासमा प्रदेश सरकार गम्भिर रहेको बताए । रङमञ्चले देशमा ल्याएको सन्देशबारे उल्लेख गर्दै प्रदेश सरकाले मैथिली क्षेत्रको विकासका लागि फिल्म सिटी सार्वजनिक गरिससेको मन्त्री यादवले बताए ।
फागुन २३ गते कलाकार राउतको हृदयघातका कारण ६३ वर्षको उमेरमा निधन भयो । उनी विभिन्न मैथिली सिनेमा तथा बिएन पटेलद्वारा निर्देशित चर्चित टेली शृंखला ‘हुक्कालोली’का मुख्य पात्र थिए ।
तपाईको प्रतिक्रिया !!