जनकपुरधाम : जनकपुरधामको विश्वकर्मा चोकमा स्किन सेन्टर सञ्चालनमा आएको छ । छाला सम्बन्धी रोगको उपचारका लागि विशेषज्ञ चिकित्कसहितको सुविधा सम्पन्न स्किन सेन्टर क्लिनिक सञ्चालनमा आएको हो ।
चर्मरोग विशेषज्ञ डा. प्रमोद कुमार झाले बिरामीलाई सहज उपचारको लागि छाला सम्बन्धी विभिन्न रोगको उपचार गर्न क्लिनिक सञ्चालनमा ल्याएको बताए । यहाँ कुष्ठरोगीहरुको समेत विशेष उपचार गरिने उनले बताए । चर्मरोगको उपचारमा सरसफाई तथा ल्याबलगायत विभिन्न उपकरण अतिआवश्यक रहेकाले क्लिनिकमै सबै सुविधा उपलब्ध गराइएको उनको भनाई छ ।
क्लिनिकमा हेयर प्लान्ट, स्किन ग्राफ, लेजर थेरापीलगायतका सुविधा समेत उपलब्ध रहेको छ । गरिब तथा विपन्न परिवारलाई क्लिनिकले सुलभ दरमा उपचार गर्ने चिकित्सक झाले प्रतिबद्धता जनाए ।
तपाईको प्रतिक्रिया !!