मनोज यादव । सर्लाही : सर्लाहीको पुर्व–पश्चिम लोकमार्गदेखि भित्र उत्तर– दक्षिणमा पर्ने इश्वरपुर नगरपालिकाको फुलजोरदेखि भारतीय सिमा नजिक पर्ने ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर सम्मको सडक जीर्ण हुँदा सो क्षेत्रका स्थानीयले सास्ती पाएका छन्। यसबाट एक दर्जन भन्दा बढी गाउँका बासिन्दालाई घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याबाट गुज्रिनु परेको छ । यो सडकले सुविधा भन्दा बढी सास्ती दिएको छ । सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम पनि त्यती कै छ । सडक जीर्ण हुँदा दिन दिनै सवारी दुर्घटनामा वृद्धि भईरहेको स्थानीय बताउछन ।
ठेकेदारले सडक नबनाउँदा घरबाट निस्कदा जताततै धुलो र पानी परको े बेला हिलो हुने गरेको स्थानीयको भनाई छ । यस सडकमा दिनहुँजसो ठुलो सानो सवारी दुर्घटना हुने, मोटरसाईकल लडने र सवारी साधनसँग गाईबस्तु ठोक्किने जस्ता समस्याहरू हुने गरेको स्थानीयको भनाई छ । सो क्षेत्रका स्थानीयहरूले सडक मापडण्ड भित्र परेको आ–आफनो घरबार समेत भत्काएका छन्। नालाको समुचित व्यवस्था र सडकमा जताततै भएका खाल्डाखुल्डी, हिलो र धुलोले सडक छेउ घर भएका स्थानीयलाई झनै पीडा थपिएको छ । ठेक्का सकार गररेपनि काम नगर्ने ठेकेदारहरूको रवैया प्रति स्थानीयहरू आक्रोश व्यक्त गरेका छन् । सडक कालोपत्रे गर्न सरकारले त्रिभुवननगर देखि पुर्वपश्चिम लोकमार्ग फुलजोरसम्म २१ डिसेम्बर २०१७ मै टुण्डी–आशिष–सन्तोषी जे.भि.लाई ठेक्का लगाई सकेको छ ।
ठेक्का लागेको करिब ३ वर्ष भन्दा बढि बित्न लाग्दा समेत आधा भन्दा बढि सडकमा माटो र ग्राभेल पुर्ने बाहेक कुनै काम नभएको स्थानीय बताउँछन्। ८६ करोर १ लाख ६६ हजार लागतमा बनिरहेको २५ किलो मिटर लामो यो सडक २०२० जुन महिना सम्म सम्पन्न गरिसक्नु पर्ने थियो तर हाल सम्म पनि काम सम्पन्न भएको छैन । विभिन्न बहानाहरू देखाएर आउँदो अषाढ मसान्तसम्म सडक कालो पत्रे गर्न म्याद थपिए पनि समयमा सडक कालोपत्रे नहुने देखिएको छ । सडक कालोपत्रे गर्न ठेक्का पाएका ठेकेदार आफुहरूको सम्पर्कमा नरहेको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष बिनोद साहले बताए । सडक निर्माणको ठेक्का पाएका मुल ठेकेदारले प्याकेजमा काम गरिरहेको ठेकेदारलाई समयमा पैसा उपलब्ध नगराएको कारण निर्माणमा ढिलाई भइरहेको गाउँपालिका अध्यक्ष साहको भनाई छ । अब पनि ठेकेदारले द्रुतगतिमा काम अगाडि नबढाए सडकमा भइरहेको काम रोक्ने र ठेकेदार कम्पनीको गाडी समेत नियन्त्रणमा लिन बाध्य हुने अध्यक्ष साहले चेतावनी दिए ।
तपाईको प्रतिक्रिया !!