महेशकुमार दास । महोत्तरी । मिथिलाको पौराणिक एवं ऐतिहासिक १५ दिने वृहद माध्यमिकी परिक्रमाको लावालस्कर मंगलबार महोत्तरीको पहिलो विश्रामस्थल मटिहानी आइपुगेका छन् । परिक्रमाको लावालस्कर मंगलबार विहानै मटिहानी पुग्दा मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डलको अगुवाईमा स्थानीय वासिन्दाहरूले भव्य स्वागत गरेका छन् । मटिहानी नगरपालिका र स्थानियहरूले आ–आफनो स्तरबाट परिक्रमा यात्रीहरूका खानपान र वासको व्यवस्था मिलाउनुको साथै परिक्रमामा आएका साधुसन्त महन्तलाई फुल माला लगायत वाजागाजाका साथ स्वागत गरेका छन् ।
धनुषा जिल्लाको कचुरीस्थित मिथिलाविहारी मठबाट शुरु भएको मिथिलाविहारीको डोलाको नेतृत्वमा आएका हजारौं परिक्रमाका यात्रुहरू भारतको कलना, फुलहर,करुणा र विसौल हुँदै महोत्तरीको मटिहानी आई पुगेका हो । परिक्रमामा आएका किशोरी जि र मिथिला विहारीको डोलाको पुजापाठ र स्वागत गर्न स्थानीय वासिन्दा र तिर्थालुहरूको मटिहानीमा घुईचो लागेको थियो ।
तपाईको प्रतिक्रिया !!