
रौतहट । कोरोना भाइरस (कोभिड १९)महामारीका बीच अति प्रभावित करिब ४१६ परिवारलाई उनीहरूको आवस्यकता अनुसार सहयोग प्रदान गरिएको छ । रौतहट जिल्लाका परोहा नगरपालिका र यमुनामाइ गाउपालिकाका ति परिवारहरू बीच राहत स्वरुप उनीहरूको आवस्यकता अनुसार सहयोग प्रदान गरिएको छ । ग्रामिण बिकाश केन्द्र र प्लान नेपालको सहकार्यमा संचालित रेजिलेस प्लस परियोजनाको क्रममा ति परिवारहरूलाई सहयोग प्रदान गरिएको हो ।
प्रत्येक परिवारलाई पहिलो चरणमा १० हजार २ सय पचास रुपैया बराबरको प्रिपेड एटीएम कार्ड उपलब्ध गराइएको र सो कार्डको प्रयोग गर्दै ति परिवारहरूले आफुलाई आवस्यकता अनुसारको खाद्ध्यान, लता कपडा, ग्यास स्लिण्डर, औषधि उपचार, हार्डवेयर लगायतका सामानहरू खरिद गरेको हो ल्ब्यक्तिहरूले आवस्यकता अनुसारको समान खरिद गर्न सकुन भन्ने उद्देश्यका साथ् एटिएम कार्ड सहितको सिस्टमप्रयोग गरिएको कार्यक्रम संयोजक अरविन्द यादवले बताएका छन् । दोस्रो चरणमा पनि ति परिवारहरूलाई १० हजार २ सय पचास रुपैया ति एटिएम कार्डहरूमा उपलब्ध गराइने उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया !!