Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनाको तयारी


वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनाको तयारी

जनकपुरधाम : सरकारले एशियाली विकास बैंकको सहयोगमा मुलुककै प्रमुख व्यापारिक केन्द्र वीरगञ्जमा महत्वपूर्ण कोरिडोर परियोजना सञ्चालनको तयारी गरिएको छ । वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर नाम दिइएको उक्त परियोजना सफल भए त्यस क्षेत्रको आर्थिक विकासमा कायापलट हुने सरोकारवालाको भनाइ छ । ‘कोरिडोर योजनाको पहिचान र विकास’ सम्बन्धमा काठमाडौँमा आयोजित एकदिने कार्यशालामा सरोकारवाला निकायका प्रतिनिधिले तीन तहकै सरकारबीच समन्वय गरेर उक्त परियोजनालाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय शहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधारमानी तयार गरिएको राष्ट्रिय शहरी विकास रणनीतिमा प्राथमिकता साथ राखिएको कोरिडोर रणनीतिक कार्यक्रमलाई नेपाल सरकारले समावेश गरेको छ । पन्ध्रौँ योजनामा समेत सरकारले यो परियोजनालाई रुपान्तरकारी योजनाको रुपमा प्राथमिकताका साथ अघि सारेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शहरी विकासमन्त्री प्रभु साहले वीरगञ्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सकेमात्र समग्र मुलुकको विकासमा थप टेवा पुगी ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार हुने बताउनुभयो ।

वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनालाई योजनाबद्ध ढङ्गले अघि बढाउन जरुरी रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि केन्द्र सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउनुभयो । योजना सही भयो भनेमात्र परिणाम पनि सही हुने भएकाले वस्तुवादी भएर कार्यक्रम कार्यान्वयनमा लैजान मन्त्री साहले सुझाव दिनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले उक्त कोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक विकासलाई प्रोत्साहित गर्ने भएकाले यसको सफलताका लागि सबै पक्षको सहयोग र समन्वय महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

स्थानीय सरकारसँग साझेदारी नगरेसम्म कुनै पनि परियोजना सफल हुन नसक्ने भन्दै उहाँले तीन तहकै सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पोखरीया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले सडक पूर्वाधारको विकाससँगै नागरिकको सामाजिक र आर्थिक विकासमा पनि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले कोरिडोरको सीमाङ्कन गर्दा स्थानीय पालिकाबीच समन्वय गर्नुपर्ने बताउनुभयो । जीतपुर सिमरा नगरपालिकाकी उपप्रमुख सरस्वतीदेवी चौधरीले भविष्यमा हुनसक्ने सवारी चापलाई मध्यनजर गरी कोरिडोर निर्माणको योजना बनाउन सुझाव दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सबैको अपनत्व हुने गरी परियोजना सञ्चालनको खाकालाई मूर्तरुप दिइने बताउनुभयो । महानिर्देशक प्याकुरेलले सरोकार भएका निकायबाट आएका सुझावलाई समेटेर कार्ययोजना तयार पारिने जानकारी दिनुभयो ।

विभागका उपमहानिर्देशक कुमार घिमिरेले परियोजना सफलताको शुभकामना दिँदै सबै पक्षको सहयोगले मात्र कार्यक्रम कार्यान्वयनमा लैजान सकिने धारणा राख्नुभयो । विभागको क्षेत्रीय आयोजना समन्वय कार्यालयले गरेको कार्यक्रममा आयोजनाका निर्देशक सुरेन्द्रमोहन श्रेष्ठले सफल कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
मधेशका प्रादेशिक अस्पतालमा लापरबाही
प्रदेश २

मधेशका प्रादेशिक अस्पतालमा लापरबाही

माघ २७, २०७९, ९:४७ AM
मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो
प्रदेश २

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

माघ ११, २०७९, ८:०१ AM
जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस
Banner News

जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस

पुस २३, २०७९, ६:३९ AM
नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन
Banner News

नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन

अशोज ६, २०७९, ८:५२ AM
तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्यो
Banner News

तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्यो

अशोज ५, २०७९, ३:२१ PM
प्रदेश २ लोकसेवा आयोगले अधिकृत सातौँ तहको दरखास्त स्थगित गरेको छ ।
Banner News

मधेश प्रदेशको लोकसेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल

अशोज ४, २०७९, १२:१७ PM
डेंगुका बिरामी,धमाधम भेटिँदै
Banner News

महोत्तरीको बर्दिबासमा डेंगुको उच्च जोखिम

भदौ २८, २०७९, १२:२७ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर