Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

अतिक्रमित जग्गा खोज्दै वीरगञ्ज महानगरपालिका


अतिक्रमित जग्गा खोज्दै वीरगञ्ज महानगरपालिका

dav

वीरेन्द्र कर्ण, वीरगन्ज : भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको करोडौँ मूल्य बराबरको सार्वजनिक जग्गाको खोजबिन शुरु भएको छ ।

मुख्य बजार क्षेत्र आदर्शनगरलगायत ३२ वटै वडामा रहेको सार्वजनिक जग्गा पहिचान गरी व्यक्तिको नाममा दर्ता भएका त्यस्ता जग्गाहरु वीरगञ्ज महानगरपालिकाले आफ्नो नाममा ल्याउने अभियानको थालनी गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा कहाँ कुन अवस्थामा छ, अतिक्रमित भएपनि त्यस्ता जग्गाको जानकारी मालपोत कार्यालय पर्सासँग माग गरेको छ । कार्यालयले अहिलेसम्म त्यस्ता सार्वजनिक जग्गाको लगत उपलब्ध गराउन नसकेको महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले भन्नुभयो ।

विगत १८ वर्षदेखि अतिक्रमित जग्गाको स्रेस्ता महानगरपालिकाको नाममा रहेको छ तर ऐलानी, पर्ती र सार्वजनिक जग्गा कहाँ कहाँ रहेको छ, त्यसको रेकर्ड दिन मालपोत कार्यालयले सहयोग नगरेकाले स्थानीय प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिपत्र गर्ने तयारीमा रहेको महानगरपालिकाका प्रमुख सरावगीले राससलाई भन्नुभयो ।

वीरगञ्जको मुटु मानिने आदर्शनगरमा मात्र रु एक अर्बभन्दा बढी मूल्य पर्ने २१ वटा प्लटहरु रहेको छ । जुन व्यक्तिको नाममा दर्ता भएको देखिन्छ । मालपोत कार्यालय तथा भूमाफियाको चलखेलका कारण नगरक्षेत्रभित्रका करीब १०० बिघाभन्दा बढी जग्गा व्यक्तिको नाउँमा गएको महानगरपालिकासँग रेकर्ड रहेको छ । महानगरपालिकाको जग्गा विभिन्न व्यक्तिले गैरकानूनी तरिकाले कब्जा गरेको छ । सो जग्गा महानगरपालिकाले आफ्नो नाममा ल्याउने प्रक्रिया अघि बढाएपछि भूमाफियाहरु हतास भएका छन् । भूमाफिया, तत्कालीन महानगरपालिकाको केही कर्मचारी र नापी कार्यालयको मिलेमतोमा अधिकांश जग्गाको हक व्यक्तिको नाममा गइसकेको भेटिएपछि महानगरपालिकाले जग्गाको खोजबिन शुरु गरेको हो ।

महानगरपालिकाले अतिक्रमित जग्गा खोजबिन शुरु गरेपछि अहिलेसम्म महानगरपालिकाले २१ वटा किताको विवरण फेला पारेपछि ३२ वटै वडामा रहेका यस्ता जग्गाको खोजी गर्न थालेको बताइएको छ । अवैधरुपमा जग्गा कब्जा गरी भोगचलन गर्दै आएको जग्गामध्ये हालै पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिका–१० को साबिक किता नं ८१७ को जग्गा व्यक्तिको नामबाट बदर गरी नगरपालिकाको नाउँमा दर्ता गर्न आदेश दिएको छ ।

हालै मात्र नापी कार्यालयमा किता नं १८ र ५२ को १ कट्ठा जग्गाको दर्ता बदर गरी आफ्नो नाममा ल्याउन महानगरपालिकाले जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको छ । सो जग्गा वीरगञ्ज महानगरपालिका–३ छपकैयाकी नजमा बेगमले स्थानीयवासी अरुणकुमार अग्रवालसँग खरीद गरेको मालपोत कार्यालय पर्साको स्रेस्तामा उल्लेख छ । सो जग्गामा अहिले जिपी कोइराला ९गिरिजाप्रसाद कोइराला० फाउन्डेशनका नाममा कार्यालय खोलिएको छ ।

विसं २०२० मा शहरी विकास योजनाले आदर्शनगरमा व्यवस्थित बसोबासका लागि जग्गा प्लटिङ गरेको थियो । सो योजनाअन्तर्गत पशुपति आदर्श निर्माण समितिले जग्गा अधिग्रहण गरेको थियो । त्यस बेला जग्गा बिक्री नभएपछि तत्कालीन वीरगञ्ज नगरपञ्चायतलाई हक हस्तान्तरण गरेको थियो । तर महानगरको हकमा आएको सो जग्गामा भूमाफियाहरुको चलखेल शुरु भएको छ ।

महानगर क्षेत्रभित्र रहेको ऐलानी, पर्ती र सार्वजनिक जग्गामा महानगरपालिकाका केही कर्मचारी, भूमाफिया र मालपोतको मिलेमतोमा सो जग्गाहरु व्यक्तिको नाउँमा जान थालेपछि महानगरपालिकाले सो जग्गाको खोजबिज गर्न थालेको प्रमुख सरावगीले बताउनुभयो । उहाँले यस्ता जग्गाहरु अतिक्रमण गर्नेमा स्थानीय नेतादेखि नामुद व्यापारीसमेत रहेको उहाँको भनाइ छ ।

देशमा सङ्घीयता लागू भएपछि वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडामा आएका जनप्रतिनिधिलाई पत्र लेखी सो क्षेत्रमा सार्वजनिक जग्गा कति छ त्यसको रेकर्ड मागेपछि वडा कार्यालयले पठाएको विवरणमा सो जग्गाहरुसमेत व्यक्तिको नाउँमा गएको तथ्य सार्वजनिक भएको हो । महानगरपालिकाको यस कार्यबाट महानगरकै केही कर्मचारी, भूमाफिया, मालपोत र नापीका कर्मचारीहरु निरास भएका छन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर