Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मिथिला माध्यमिकी यात्रा महोत्तरी प्रवेश


मिथिला  माध्यमिकी यात्रा महोत्तरी प्रवेश

महोत्तरी : मिथिला माध्यमिकी यात्राका सहभागी आज चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरेका छन् । तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा रात्रिविश्राम गरेका यात्री आज चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम शुरु भएको हो । यसअघि गत शनिबार धनुषाको ठेराकचुरीबाट यात्रा शुरु गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो र तेस्रो दिनको रात्रिविश्राम गरिसकेका छन् ।

गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा ९नेपाल–भारत सीमा० कटेर नेपालको महोत्तरी जिल्लाको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल, जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी र मटिहानी नगरवासीले हार्दिक स्वागत गरेका छन् । अहिले गिरिजास्थानबाट मटिहानीसम्म १५ दिने धार्मिक यात्राका सहभागीको अटुट पङ्क्ति देखिएको छ ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी आज चौथो दिन मटिहानीमै रात्रिबास गर्नेछन् । विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला ९प्रतिमा राखिएको डोली० आइपुगेपछि वरिपरिका भक्तालुले दर्शन गर्ने र विश्रामस्थलमा भजनकीर्तनसहित धार्मिक मेला आयोजना हुने परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी, प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध रहेको मटिहानी नगरप्रमुख मण्डलको भनाइ छ ।

यात्राको चौथो दिन मटिहानी आइपुगेका यात्री अब आठौँ दिनसम्म महोत्तरीमा रहने छन् । चौथो दिन मटिहानी, पाँचौ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिविश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ ।

अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा अठारौँ शताब्दीमा शुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ९प्रधानाध्यापक० ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास कोष र धार्मिक मठहरूले संयोजन तथा समन्वय गर्दै आएका छन् । फागुन औँशीबाट शुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न गरिने मिथिला माध्यमिकी परिक्रमालाई मिथिलाको महाकुम्भ पनि भनिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको परम्परा रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

परिक्रमा श्रद्धालुजन भोलि धनुषाको पर्वता आउने आज कञ्चन्वनमा बिश्राम गर्दै
Banner News

परिक्रमा श्रद्धालुजन भोलि धनुषाको पर्वता आउने आज कञ्चन्वनमा बिश्राम गर्दै

फाल्गुन १५, २०७९, ८:११ AM
१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान
Banner News

१५ दिने परिक्रमा आज मटिहानी बाट जलेश्वरको लागि प्रस्थान

फाल्गुन १२, २०७९, ७:२९ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन
Banner News

नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन

अशोज ६, २०७९, ८:५२ AM
आज कुशे औँशी, बुवाको मुख हेर्ने दिन
Banner News

आज कुशे औँशी, बुवाको मुख हेर्ने दिन

भदौ ११, २०७९, १:२९ PM
आज देशैभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै ,देशैभर सार्वजनिक बिदा
धर्म-सांस्कृति

आज देशैभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै ,देशैभर सार्वजनिक बिदा

भदौ ३, २०७९, ११:५५ AM
विदेश, जान दाजु र बहिनीबीच नक्कली विवाह
जीवनशैली

विदेश, जान दाजु र बहिनीबीच नक्कली विवाह

असार २८, २०७९, ११:४१ AM
इस्लाम धर्मको खास पर्व ‘ईद–उल–अजहा’ संसारभर मनाइन्छ,
धर्म-सांस्कृति

इस्लाम धर्मको खास पर्व ‘ईद–उल–अजहा’ संसारभर मनाइन्छ,

असार २६, २०७९, १०:०३ AM
इदको अवसरमा आइतबार सार्वजनिक बिदा,
धर्म-सांस्कृति

इदको अवसरमा आइतबार सार्वजनिक बिदा,

असार २२, २०७९, ३:११ PM
एक मेयर जसले गोहीसँग अंग्रेजी बाजा बजाएर धुमधामसंग विवाह गरे
अन्तर्राष्ट्रिय

एक मेयर जसले गोहीसँग अंग्रेजी बाजा बजाएर धुमधामसंग विवाह गरे

असार १९, २०७९, १२:३१ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर