
महेशकुमार दास । महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा भएको अलग– अलग दुर्घटनामा परि चार जना घाईते भएका छन्। सोमबार जिल्लाको सम्सी गाउँपालिका ५ पोखरभिण्डामा नम्वर नखुलेको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा सोहि ठाउँ बस्ने ७७ वर्षिय फेकन राय घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल सहित चालक फरार रहेकोले उनको खोजि कार्य भई रहेको प्रहरीले जनाइएको छ ।
त्यस्तै सम्सी गाउँपालिकाकै वडा नं. १ पर्सामा गौशालाबाट सम्सी तर्फ जाँदै गरेकोे ज८प ६७८१ नम्वरको मोटरसाईकललाई प्रदेश २—०२—००२ प ६३२६ नम्वरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिँदा सोही गाउँपालिका २ वस्ने २३ वर्षिय गुलाब शेष र अर्को मोटरसाईकलमा सवार औरही नगगरपालिका ५ बस्ने ४५ वर्षिय रामप्रताप यादव घाईते भएको प्रहरीले जनाएको छ । घाईते दुवै जनाको खुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको र दुवै जनालाई उपचारका लागि मोडेल अस्पताल लालगढ पठाइएको प्रहरीले जनाएको छ ।
घाइते दुवैको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । यस्तै सम्सी गाउँपालिका १ पर्सामै सम्सीबाट गौशाला तर्फ जाँदै गरको े प्रदेश २—०२— ००१ ह ०२८६ नम्वरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पोमा सवार गौशाला नगरपालिका ४ रजखोर वस्ने २५ वर्षिय जयादेवी ठाकुर र गौशाला २ निगौल वस्ने २८ वर्षिय लालेदेवी चौधरीको घाईते भएका छन्। घाईतेहरूको टाउँको, आँखा र शरिरको विभिन्न भागमो चोट लागेको र उनीहरूको स्थानिय मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता रहेको डिएसपी प्रकाश विष्टले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया !!