धर्मेन्द्र पासवान , सिरहा : सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभर सरकारी कार्यालयहरूको सुरक्षा व्यवस्थामा कडाइ गर्न कार्यालय प्रमुखहरूलाई कडा निर्देशन दिएको छ । जिल्लाका सरकारी अड्डाहरू संवेदनशील र असुरक्षित हुँदै गइरहेको भन्दै सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले कार्यालय भित्र र बाहिर कुनै शंकास्पद वस्तु रहे÷नरहेको नियमित चेकजाँचमा कडाइ गर्न चासो देखाएका हुन्। मालपोत कार्यालय लहानमा बम बिस्फोट गराएपछि जिल्लाका हरेक कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको व्यवहारलाई सुक्ष्म निगरानीका लागि कार्यालयहरूमा सिसि क्यामेरा जडान नगरेको भए यथाशीघ्र जडान गर्न कार्यालय प्रमुखहरूलाई कडा निर्देशन दिनु परको े निमित्त प्रजिअ निरौलाले जिकिर गरे।
सेवाग्राहीहरूले कार्यालय प्रवेश गर्न‘ पूर्व ल्याएका झोला÷ब्याग नियमित चेकजाँच गर्ने व्यवस्था मिलाउन, साथै सेवाग्राहीको व्यवहार शंकास्पद देखिए वा साथमा त्यस्ता अन्य कुनै वस्तु रहेको शंका लागेमा तुरुन्त चेकजाँच गर्न नजिकको सुरक्षा निकायहरूमा सूचना दिई सहयोग गरि दिन निमित्त प्रजिअले सेवाग्राहीहरूलाई समेत अनुरोध गरेका छन् । निमित्त प्रजिअ निरौलाका अनुसार कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्थाका लागि आ–आफ्नो कार्यालयमा नियमित पालोपहराको व्यवस्था गर्न, पालोपहरा बस्ने व्यक्तिहरूको सम्पर्क नं. नजिकको सुरक्षा निकायहरूलाई उपलब्ध गराउन, र सेवाग्राहीहरूकोको विवरण राख्न जिल्लाभरका कार्यालय प्रमुखहरूलाई पत्राचार गर्न‘ परेको जनाएका हुन्।
त्यस्तै कार्यालयमा रहेको भौतिक सम्पत्ति, सवारी साधनहरू कागजातहरूको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन, अग्नि नियन्त्रण सम्बन्धि यन्त्रहरू कार्यालयमा जडान गर्न र प्राथमिक उपचारको समेत व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयले जारी गरको े पत्रमा उल्लेख गरिएको छ । यता भने सो पत्रको वोधार्थ शेरगण चोहर्वा, जिल्ला प्रहरी कार्यालय सिरहा, सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वार्टर सिरहा र राष्ट्रिय अनुसन्धान कार्यालय सिरहालाई गराइएको छ । आइतबार कार्यालय व्यस्त रहने र दिउँसो सेवाग्राहीको भिड्भाड पनि बढी भएकोले सो विष्फोटमा परी आठ जना घाइते भएका छन्। घाइते मध्ये सेवाग्राही दिनेश कुमार भण्डारीको अवस्था गम्भीर रहेकोले संघीय सरकारका कानून मन्त्री लीलानाथ श्रेष्ठ र जिल्ला प्रशासनको पहलमा गृहमन्त्रालयको पठाएको हेलिकप्टरबाट काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारलागि पठाइएको निमित्त प्रजिअ निरौलाले जानकारी गराए ।
कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा बिस्फोट भएकोले सोही कार्यालयमा कार्यरत सिरहा विष्णुपुर घर भएका नायब सुब्बा शिव कुमारको पनि उपचार लहानमा संभव नभएपछि थप उपचारको लागि विराटनगर पठाएको र बाँकी सामान्य घाइतेहरूको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिप राज भण्डारीले बताए । यता भने लहानमा रहेको सरकारी अस्पतालले पैसाको कारण देखाउँदै औषधि उपचार गर्न नमानेपछि नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर प्रसाद गुप्ताले प्रदेश–२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई घटनाको बारेमा जानकारी गराएपछी मन्त्री साहको कडा निर्देशन पछि मात्र लहान अस्पतालले घाइतेहरूलाई उपचार गर्न भर्ना लिएको सभापति गुप्ताले दुखेसो पोखे। मालपोत कार्यालयमा बम विस्फोट गराइएको घटना स्थलबाट तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको प्रचा पम्पलेट भेटिएको थियो ।
तपाईको प्रतिक्रिया !!