संजय मिश्रा , रौतहट : पर्यटन प्रवद्र्धनको उदेश्यले पुरातात्विक महादेव मन्दिर मौलापुर पतौरामा आयोजित साताब्यापी मधानी महायज्ञको लाखौं श्रद्धालु भक्तजनहरूले अवलोकन गरेका छन् ।
मधानी महायज्ञको अवसरमा मौलापुरमा नेपाल भारतका फिल्मी कलाकार, ख्यातिप्राप्त गायकहरूको प्रस्तुतीका साथै कुस्ती प्रतियोगिता र रासलिला समेत प्रदर्शन भएको छ । कर्नाटकाल भन्दा पनि पहिलेको पुरातात्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा गत फागुन २७ गते उपप्रधानमन्त्री ईश्वर पोख्रेल र प्रदेश प्रमुख डाक्टर राजेश झाले विधिवत रूपमा मधानी महायज्ञको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रम लगतै नेपालि फिल्मी कलाकार शिव श्रेष्ठ लगायत भरतीय भोजपुरी फिल्मका नायक प्रदिप पाण्डे, अक्षरा सिंह र नेपाली भोजपुरी गायक सुनिल पण्डित, बिजय यादव लगायतले आआफ्नो प्रस्तुती राखेका थिए । आफ्नै पुरानो ईतिहास, संस्कृति सम्वद्धन र खेलकुदको पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आयोजना गरिएको दुई दिवसीय कुस्ति(दंगल) प्रतियोगिता सम्पन्न भएको छ । कुस्ती प्रतियोगितमा नेपाल तथा छिमेकी मुलुक भारतका चर्चित कुस्तिवाजहरूले कुस्ति लडे्का थिए ।
सो दंगलमा भारतका दिल्ली, हरियाना, बिहार, राजस्थान, अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद त्यस्तै नेपालका विभिन्न स्थानका गरी ९० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलानहरूले कुस्तिको माध्यमले दर्शकहरूलाई मनमोहित गरेका थिए । कुस्ती प्रतियोगितामा अवलोकन गर्न रौतहटसहित बारा, पर्सा, सर्लाही जिल्ला तथा भारत बिहारका हजारौं दर्शकहरूको उपस्तिथि रहेको थियो। प्रतिनिधिसभा सदस्य समिना हुसेनले कुस्ति प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । सो अवसरमा नेपाल कुस्ती संघका अध्यक्ष राज महमद अन्सारी, मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपा नेता त्रिभुवन साह लगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया !!