
महेशकुमार दास । महोत्तरी । मिथिला क्षेत्रको पौराणिक एवं ऐतिहासिक १५ दिने वृहद माध्यमिकी परिक्रमा टोलीलाई जलेश्वरमा भव्य स्वागतको तयारि गरिएको छ । स्वर्गीय परशुराम साह मिथिला परिक्रमा जलेश्वर तथा जनकपुरधाम स्थित श्री रामजानकी मन्दिर धर्म संस्थाले वुधबार जलेश्वर आई पुग्ने परिक्रमामा सहभागिहरूको स्वागतको भव्य तयारी पुरा गरेको जनाएको छ । स्वर्गीय परशुराम साह मिथिला परिक्रमा जलेश्वर तथा जनकपुरधाम स्थित श्री रामजानकी मन्दिर धर्मसंस्थाले सोमबार जलेश्वर ६ स्थित संस्थाको धर्मशालामा पत्रकार सम्मेलनको आयोजना गररे प्रत्येक वर्ष झंै यस वर्ष पनि खानपान र वासको समुचित व्यवस्था तथा भव्यसभ्य ढंगले स्वागतको तयारी भएको जनाएको छ ।
उक्त धर्म संस्थाकी अध्यक्ष मुनि देवीले प्रत्येक वर्ष आफ्नो संस्थाले परिक्रमाका सहभागिहरूको वसोवास र खानपानको उचित व्यवस्था गर्ने गरको े र यस वर्ष पनि सोको तयारी गरिएको जानकारी गराएकी छिन्। चामल ३५ क्विन्टल, दाल २ क्विन्टल, चिउरा १० क्विन्टल, पिठो १ क्विन्टल, आलु ७ क्विन्टल, दही एक सय ५० किलो, दुध, घिउ, चिनी, मसला, खाने तेल, दाउरा, ओछ्याउनको लागि पराल लगायतको सामग्रीको व्यवस्था गरिएको अध्यक्ष मुनि देवीले बताईन्। त्यस्तै परिक्रमाको लावालस्करलाई बुधबार जलेश्वरको भार्गवसरबाट नै बाजागाजका साथ स्वागत गरिने उनले बताएकी छन्। मंगलबार परिक्रमाको महोत्तरीमा पहिलो वासस्थल मटिहानीबाट जलेश्वर आउने क्रममा स्थानीयहरूले भारीकुट्टीमा पुगि अतिथि सत्कार गरिने उनले जनाएकी छिन्। बुधवार रात्रि विश्राम पश्चात् बिहीवार विहान परम्परा देखि चलि आएको विधि विधान अनुरुप परिक्रमा टोलीलाई फेरि आगामी साल आउन निम्ता दिदैं विदाई गरिने उनले बताएकी छन्। धनुषाको कचुरीस्थित मिथिलाविहारी मठबाट निस्केको मिथिलाविहारीको डोला र जनकपुरको अग्नी कुण्डबाट डोलाको नेतृत्वमा आएका हजारौं परिक्रमाका यात्रुहरू भारतको हनुमान नगर, कल्याणेश्वर, फुलहर र मटिहानीहँुदै पाँचौ दिनको वासको लागि महोत्तरीको जलेश्वर आइ पुग्ने छ ।
नेपाल भारत दुवै मुलुकका धार्मिक, साँस्कृतिक एवं पारस्परिक सदभावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्राम स्थलमा रात्रि विश्राम गर्ने प्रचलन रहि आएको छ । मिथिला महात्म्यअनुसार अठारौं शताब्दी देखि माध्यमीकि परिक्रमा मनाईदैं आएको र यस धर्मयात्राका सहयात्रिले रात्रि भजनकिर्तन गरि १५ दिन बिताउँने गर्दछन्। विश्वकै सर्वाधिक लामो समय सम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरू भारतको कलना, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै,ध्रुवकुण्ड, कञ्चनवन हुदैं धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरि पूर्णिमाको अघिल्लो रात जनकपुर आईपुग्छन् र पूर्णिमाको दिन विहान जनकपुरको अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्मपन्न गरिन्छ । सुख, समृद्धि, मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने विश्वास व्यक्त गर्दै यस धर्मयात्राका यात्रुहरूले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भुमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निमार्ण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानि यो परिक्रमा यात्रा सुरु गरिएको हो। यात्रामा नेपाल भारतका हजारौं साधुसन्त, महन्थ र गृहस्थहरूको सहभागिता हुने गर्दछ । माध्यमिकी परिक्रमा यात्रुहरूको सुरक्षा व्यवस्थालाई मध्य नजरराखी व्यपाक रुपमा सशस्त्र र नेपाल प्रहरी समेत परिचालन गरिएको छ ।
तपाईको प्रतिक्रिया !!