Today Express
No Result
View All Result
Today Express
No Result
View All Result
No Result
View All Result

लहानस्थित मालपोत कार्यालय ठप्प


लहानस्थित मालपोत कार्यालय ठप्प

सिरहा : जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी० ले गराएको बम विस्फोटका कारण सिरहाको लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । कार्यालय ठप्प हुँदा कामकाज प्रभावित भएको छ भने त्रासका कारण कर्मचारी कार्यालय पुग्न डराइरहेका छन् ।

हिजो दिउँसो बम विस्फोट हुँदा कार्यालयका एक कर्मचारीसहित आठ घाइते भएका थिए भने कार्यालयको पहिलो तल्लामा रहेको तीन काउन्टर क्षतिग्रस्त भएको कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिनुभयो । प्रहरीसँग समन्वय गरी कार्यालय भवनको सरसफाइ गराइरहेको उहाँले बताउनुभयो ।

बम विस्फोटपछि लागेको आगोले कार्यालयको महत्वपूर्ण कागजात जलेर नष्ट भएकाले कार्यालय सञ्चालनबारे तत्कालै केही भन्न नसकिने प्रमुख चौधरीको भनाइ छ । बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी० ले लिएको छ ।

यसैबीच मालपोत कार्यालयमा बम विस्फोट भएपछि स्थानीय प्रशासनले जिल्लास्थित सबै कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको छ । सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सूचना जारी गर्दै आ–आफ्नो कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

कार्यालयभित्र र बाहिर कुनै शङ्कास्पद बस्नु रहे नरहेको बारम्बार निरीक्षण गर्ने गराउने, सेवा लिन आउने सेवाग्राहीको व्यवहारलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने, सेवाग्राही कार्यालय प्रवेश गर्नु पूर्व ल्याएका ब्याग, झोला नियमित जाँच गर्ने व्यवस्था मिलाउने कार्य गर्न निर्देशन दिइएको छ ।

यसैगरी सेवाग्राहीको व्यवहार शङ्कास्पद देखिए वा साथमा त्यस्ता अन्य कुनै वस्तु रहेको शङ्का लागेमा तुरुन्तै जाँच गर्ने वा नजिकको सुरक्षा निकायमा सूचना दिई सहयोग गर्ने, कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्थाका लागि नियमित पालो पहराको व्यवस्था गर्ने, पालो पहरा बस्ने व्यक्तिको सम्पर्क नम्बर नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउने, सेवाग्राहीको विवरण राख्ने व्यवस्था मिलाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर
विविध

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

जेष्ठ ८, २०८०, १०:४० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विविध

Film Writing: Sample Analysis Purdue OWL® Purdue University

चैत्र १६, २०७९, ४:२५ PM
विविध

Essay Examples For Free, Research Paper Topics And Ideas

चैत्र १६, २०७९, ४:१६ PM
१५ दिने परिक्रमा आज मटिहानी आइपुग्ने
विविध

१५ दिने परिक्रमा आज मटिहानी आइपुग्ने

फाल्गुन १२, २०७९, ६:१४ AM
मधानी महोत्सव २०७९ को लागि मौलापुरमा पवन सिङ्गको आगमन
विविध

मधानी महोत्सव २०७९ को लागि मौलापुरमा पवन सिङ्गको आगमन

फाल्गुन ६, २०७९, १०:१९ AM
प्रथम महिला सिडिओ मधेशकी प्रदर्शनी कुमारी
विविध

प्रथम महिला सिडिओ मधेशकी प्रदर्शनी कुमारी

माघ २५, २०७९, १०:३० AM
अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (
Banner News

अनौठो बच्चामोरङ जिल्लामा जन्मियो, दर्शन गर्न आउनेको भिँड (

माघ २०, २०७९, ७:१५ AM
विविध

Cheap Writing Service Reviews

पुस ३०, २०७९, १:४० AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.