सिरहा : जिल्लाको लहान नगरपालिकामा सम्पन्न एकदिने निःशुल्क आँखा जाँच शिविरमा २६५ जनाले आँखा जाँच गराएका छन् ।
वडा नं ५ स्थित विलट साह रौनियार होमियोप्याथिक अस्पतालमा सञ्चालन भएको उक्त शिविरमा लहान नगरक्षेत्र तथा वरिपरिका गाउँका २६५ सर्वसाधारणले जाँच गराएका हुन् ।
नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा सगरमाथा चौधरी आँखा अस्पतालले आयोजना गरेको सो शिविरमा जाँच गराएका २६५ जनाले आँखा जाँच गराएकामा ७५ मा मोतियाविन्दुका बिरामी भेटिएका जनाइएको छ ।
मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रियाका लागि अस्पताल पठाइएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया !!