काठमाडौं : सोमबार सुनको मूल्य स्थिर भएको छ । आइतबार तोलामा चार सय रुपैयाँ बढेको सुनको भाउ दोस्रो दिन स्थिर देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ स्थिर रहँदा चाँदी भने तोलामा पाँच रुपैयाँले महँगिएको छ । महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलामा एक हजार दुई सय ७० रुपैयाँ कायम भएको थियो ।
तपाईको प्रतिक्रिया !!