मराष्ट्रवादको विरोध गर्दिन, राष्ट्रवादी हुनु पर्छ । तर अत्तिराष्ट्रवाद हुनु चै हुँदैन । अतिराष्ट्रवाद राष्ट्रको लागि घातक हुन्छ, त्यो हिटलरको राष्ट्रवादीले सिद्ध गरिसकेको छ । नेपालका अतिराष्ट्रवादीहरू देशलाई व्यक्तिगत फाईदा र रिसिईबीका कारण देशलाई मुटभेडतर्फ लैजाँदैछन्। म जुन घटनालाई केलाउँदैछु, त्यो पुरानो भएर पनि समय सापेक्ष भएको हुँदा यसलाई कलाउने प्रयास गरेको हुँ । कक्षा दशको पाठ्यक्रममा प्रथम विश्वयुद्ध र दोश्रो विश्व युद्धको चर्चा गरिएको छ । र म एक शिक्षक भएको नाताले यसलाई प्राथमिकता दिन र लेख्न खोज्दैछु । मलाई आशा छ तपाईहरूलाई यो रोचक घटना लाग्नेछ । जर्मनी र फ्रान्सबीचको युद्धले प्रथम विश्वयुद्धको रुप लियो । यो युद्धमा जर्मनी परास्त भयो। त्चभबतथ या खभचकबष्ििभक वा पेरिस सम्झौता पछि यो युद्ध समाप्त भयो ।
तर यसो सम्झौता जर्मनीलाई ग्लानीपूर्वक बाध्यताले सम्झौता गर्नुप¥यो। यो सम्झौता अनुसार जर्मनीले आफ्नो १३ प्रतिशत भू–भाग गुमाउनु प¥यो र युद्धको सम्पूर्ण जिम्मेवारी पनि जर्मनीले नै लिनु प¥यो। जर्मनीले एक लाख भन्दा बढी सेना राख्न नपाउने, ६ वडा वारसिप मात्रै राख्न पाउने, हातहतियार बनाउन नपाउने, ६६० मिलियन पाउण्ड फ्रान्सलाई दिनुपर्ने भयो। यो सम्झौताले जर्मनी बर्बाद भयो । जब जर्मनीका चान्सलर हिटलर भए । नाजी पार्टी सत्तामा आउँदा पेरिस सम्झौतालाई भंग गरियो। यही कारणले दोश्रो विश्वयुद्ध सुरु भयो। दोश्रो विश्वयुद्ध(१९३९–१९४५) यो पुरानो युद्ध भए पनि मानिसहरूको मनमस्तिष्कमा यो युद्धले ५ करोडभन्दा बढी मानिसहरूको ज्यान गएको स्मरण ताजै छ । दोश्रो विश्वयुद्ध भनेको एकदमै डरलाग्दो युद्ध थियो। यो मानव इतिहासकै कहालीलाग्दो घटना थियो। जसमा जर्मनीका नाजीहरू र इटलीका फासिस्टहरूले विश्वमा लामो समयसम्म नरसंहारको सिलशिला सुरु गरेका थिए । जसमा योजनावद्ध ढंगले लाखौंलाख यहुदीहरू र कम्युष्टिहरूमाथि साक्षसी बरबरताका साथ सम्पूर्ण हातहतियारहरू प्रयोग गरिएका थिए । मानवतावादी शक्ति र विचारले नाजीहरू र उनीहरूको फासीवादी विचारहरूमाथि विजय हासिल गरेको थियो। र पराजित नाजीहरूका घिनलाग्दा कुरुप फासीवादी अनुहारबाट सम्पूर्ण नकाब हटाईका थिए ।
यस्तो महान कार्यमा विश्वयुद्धको समाप्ती पछि जर्मनीकै न्यरेम्वर्ग सहरमा युद्धअपराधी नाजी नेताहरूमाथि चलाएको खुल्ला मुद्धाले विशेष भुमिका खेलेको थियो। यस न्युरेम्वर्ग मुद्धाको सुनुवार्यको क्रममै नाजी नेताहरूले असली रुप कति घिनलाग्दै, कुरुप र साक्षी खालको थियो भन्ने कुरा विश्वले चाल पाएको थियो। न्युरेम्वर्ग मुद्धा नचलाएको भए, शायद नाजीहरूको क्रूर दानवी रुप हेर्न र तिनीहरूले गरका घृणित े नरसंहारहरूको कथा पढ्ने मौका धेरै मानिसहरूलाई हुने थिएन होला । हो यही युद्धको क्रममै विश्वलाई थहा भएको थियो। हिटर र उनका मतियार नाजी नेताहरूले वास्तवमा कस्ता कस्ता खालका अपराधहरू गरेका थिए । स्रोत, शक्ति, साधन प्रतिको आफ् नो राक्षसी खालको पिपाशु प्रवृतिलाई शान्त पार्न कस्ता षड्यन्त्र, गोप्य योजनाहरू र चक्रव्यूहहरू रचना गरेका थिए । नाजीहरूको राक्षसी चरित्रका अपराधका पन्नाहरू खोल्दैछु । डाक्टरको भेष लगाएका नाजी राक्षहरूले रेलमा
राखेर, कोठामा थुनेर हज्जारौ मानिसहरू मारे।
युरोपको बीचको भू–भाग न्युरेम्वर्गमा त्यस्तो मुद्धा चलिरहेको थियो जसमा विश्वका अधिकांश राष्ट्र र जनताको प्रतिनिधीत्व गर्दै न्यायाधिशहरूले नाजीहरूका राक्षसी अपराधका किताबहरूका पन्नाहरू पल्टाउँदै थिए । त्यहाँ त्यस्ता अपराधहरूको रहस्य खुल्दै थियो। जनु अपराधहरूको बारेमा मानिसहरूले पहिले सुनेकै थिएनन, न भोगेका थिए । त्यस्ता अनगिन्ती र असीम कल्पना नै गर्न नसकिने अपराधहरूमध्ये एउटा हो, नाजी डाक्टरहरूले मानिसहरूमाथि गरेका अमानवीय प्रयोगको श्रृंङ्खला । अमेरिकी सैनिक अधिकारीहरूले हालाईन सहरको नजिकै रहेको गुफाभित्र ढुंगाले छोपिएको एउटा गोप्य बही खाता पत्ता लगाएका थिए । त्यस बहीखातामा हिटलरको दाहिने हातको रुपमा रहेको अर्को नाजी नेता हिमलरका र नाजीहरूका गोप्य कागजहरूको भण्डार नै थियो। त्यसमध्ये केही नाजी डाक्टरहरूद्वारा गरिएका अमानवीय प्रयोगहरूको बारेमा आधिकारिक दस्तावेजहरू प्नि भेटाएका थिए । जर्मनीमा अत्यन्त गोप्य रुपमा लुकाएका हिटलरका यस्ता दस्तावेजहरू ज्ब न्युरेम्वर्ग मुद्धाको क्रममा अदालत समक्ष पढेर सुनाईयो, तब मानिसहरूले थाहा पाए । डाक्टरी भेषमा क्रियाशील नाजीहरूले विज्ञानका नाममा डरलाग्दा कुकर्म गरेका थिए ।
जब न्यायाधिशहरूले हिटलरको दस्तावेजका पन्नाहरू पल्टाउँदै नाजी डाक्टरहरूका कुकर्महरूको भण्डाफोर गर्न थाले, तब अदालतमा उपस्थित अन्य न्यायाधिश देखि लिएर पत्रकार र फोटोग्राफर सबैजना आ–आफ्नो श्वास रोक्दै सुन्न थाले । स्टोर्मट्रपर्स नामक नाजी ठग सैनिकहरू र गोसटापो नामक गुप्त पुलिसको नाईका कागजातहरू भित्र रहेका एक एक अक्षरहरू र शब्दहरूले बर्वर वैज्ञानिकद्वारा याता शिविरहरू भित्र रहेका अत्ति गोपनीय कोठाहरूभित्र मानिसहरूमाथि गरिएका थरीथरिका प्रयोगहरू चिच्याई चिच्याई बयान दिई रहेका थिए । ती प्रयोगहरूका आधारमा तयार पारिएका दस्तावेजहरूबाट थाहा हुन्छ कोश, बर्चोउ र लेफलर जस्ता वैज्ञानिकहरूको देशमा चिकित्सा विज्ञानको क्षेत्रमा एउटा घृणित शाखा विकसित भएको रहेछ । १९४१ के शरद ऋतुमा रोमस्थित जर्मन राजदुतले इटलीका स्वास्थ्यमन्त्री काउण्ट लियोनार्द कोन्ती र जर्मन वैज्ञानिक एवै प्रोफेसर डा.क्लाउस शिलिंगको सम्मानमा एउटा कफी पार्टी दिएका थिए । कोन्ती र शिसिंग दुबैले राष्ट्रमण्डल(लिग अफ नेसन्स) को मलेरिया सम्बन्धी आयोगका सदस्य भएर काम गरिरहेका थिए । ती तीनजना बीच शुरुमा यता उताका कुराहरू भए , पछि गएर इटलीका तानाशाह मुसोलिनीले अफ्रिकामाथि गरेका आक्रमणहरूका बेला भोग्नु परेका मसस्याहरू मथि कुराकानी केन्द्रित हुन थाल्यो। इटलीले अफ्रिकामाथि विजय प्राप्त गर्नका लागि पठाएका सैनिकहरूलाई ज्वरोको महामारीले आक्रमण गरको े थियो। ठीक त्यही बेला हिटलरको नेतत्वमा रहेको नाजी हाई कमाण्डले जनरल रोमेलको नेतृत्वमा अफ्रिकामा फैलिएको ज्वरोको महामारीका कारण निकै चिन्तित रहेको थियो। कुराकानीकै क्रममा काउण्ट कान्तीले विस्तार शिलिंगसँग गुनासो ै पोखे, जीवनको तलनामा विज्ञान पछि प¥यो।
ज्वरोको महामारीका विरुद्ध भई रहेको शोध अनुसन्धानको सफ्तार निकै ढिलो भयो। व्ैज्ञानिक डा.शिलिंगले युद्धकालीन कठिनाईहरू अगाडी तस्र्याउँदै भने प्रयोग गर्नका लागि खरायो, कुकुर र गिनी पीग(सेतोमुसाहरू) जस्ता जनावरहरूको धेरै कमी छ । जनावरहरूको अभावको कुरो सुनेर कोन्तीले नौलो विचार प्रस्तुत गरे। साच्चै यसरी प्रयोग गर्ने काम मान्छेहरूमाथि किन नगर्ने हँ ? बन्दी शिविरहरूमा प्रयोग गर्नका लागि उत्तम खालका सामाजिक जनावरहरू मान्छेहरू छन, मान्छेहरूलाई पनि गिनी पीगलाई जस्तै किन प्रयोग नगर्ने ? यो मानवदोषी विचार सुनेर विश्व प्रसिद्ध जर्मन वैज्ञानिक खुसी भए । जसले मानिसहरूको जीवन रक्ष ागर्नका लागि मलेरियाका किटानु विरुद्ध लड्ने औषधी निर्माणमा काम गरेवापत रकफेलर पुरस्कार प्राप्त गरे। उनलाई लाग्यो कि मान्छेहरू राम्रो अत्ति राम्रो। अति सुन्दर विचार । म आफैले यस्तो विचार किन ल्याउन सकिनँ हँ ? यो त एउटै ढुंगाले दुईवटा चरा मारे जस्तै हो । यसलाई त प्रयोगका लागि जनावरहरू किन्न हुने खर्च पनि कम हुनेछ । दुबै पक्षलाई यो सुन्दर विचार निकै फलदायी लाग्यो। त्यसपछि के चाहियो । यसलाई लागु गर्नका लागि तुरुन्तै आवश्यक व्यवस्था गर्न लागियो । नाजीहरूले अन्त्यन्त गोप्य रुपले एउटा वैज्ञानिक गोष्टी आयोजना गरे । स्टोमटपर्स चिकित्सा सेवाका अध्यक्ष डाक्टर ग्रावित्जले डाक्टर शिलिंगलाई भने, तपाईलाई जर्मनीको जुन शिविर मन पर्छ त्यही छान्नुस् । प्रोफेसर डा.शिलिंगले मानिसहरूमाथि प्रयोग गर्नकाल गिा डारवाउ शिविर छाने । जुन जर्मनीको सबैभन्दा पुरानो यातना शिविर थियो। सोही शिविर छान्नुको कारण के थियो भने यो शिवर विश्वविद्यालय, मेडिकल संस्थान र प्रयोगशालाहरू भएको सहर म्युनिखको नजिकै थियो ।
त्यसपछि त डारवाउ शिविर नजिकै युद्धस्तरमा एउटा यस्तो भवन निर्माण गरियो, जसलाई मेडिकल संस्थान शाखाको सादा नाम दिईयो । त्यस भवनमा डा.शिलिंगले मानवदोषी परीक्षण गर्न थाले। उनले कैदीहरू मध्ये तीन चार जना मानिसलाई प्रयोगका लागि उपयुक्त गिनीपीग का रुपमा छाने । उनले ति गिनीपीग रुपी मानिसहरूमा हर प्रकारका ज्वरोहरू आउने वातावरण बनाई दिए । यसरी चिकित्सा क्षेत्रमा एउटा नयाँ घृणित र निकृष्ट शाखाको सुरुवात भयो। मानिसहरूमाथि समेत कुकुर र विरालोलाई जसरी प्रयोग गर्न सुरु गरियो। यो कार्यलाई पछि नाजीहरूले अझ व्यापकता दिए । तपाई हामीलाई थाहा छ, जर्मनीको इतिहासमा केही डाक्टरहरूले कुनै रोगका किटाणुहरूलाई आफ्नै शरीर भित्र पसाएर कैयौ प्रयोग गरेका थिए, ताकि मानिसहरूलाई बचाउनका लागि बनाएका नयाँ नयाँ औषधीहरूको प्रभाव कति छ भनेर जाँच गर्न सकियोस । चिकित्साशास्त्रको इतिहासले अहिले पनि त्यस्ता वैज्ञानिक प्रति श्रद्धा गर्द । तर नाजीहरूले यस पवित्र प्रयोगलाई नै उल्टाई दिए ।
डारवाउ यातना शिविरको प्रयोगशालामा अनेक देशी विदेशी प्राज्ञ तथा वैज्ञानिकहरूले मानिसहरूमाथि अत्यन्त शान्त भावले प्रयोग गरे, स्वास्थ्य मानिसहरूको शरीर भित्र भयंगर रोगका किटाणुहरू पसाएर परीक्षण गरे। हृदयहीन ढंगले उनीहरूका नसा नसामा फिनोलका ईन्जेक्सनहरू दिए र फेरी अत्यन्त शान्त, स्थिर भावले उनीहरूको असह्य पीडाको अध्ययन गरे। हरेक प्रक्रिया र रोगका विभिन्न चरणहरूका मिनेट र सेकेण्डहरू गने। त्यो प्रयोग हजारौं मानिसहरूमाथि गरियाृे। तर तिनीहरूमध्ये केवल एक जना कैदी मात्र कुनै तरिकाले बचेर भाग्न सफल भए । उनी हुन पोलैण्डका एक रोमन क्याथोलिक पादरी मिखायलोम्सको। संयोगले उनी जलाएर मारिने स्थितिबाट बच्न सफल भए । डा. शिलिंगका सयौं, हजारौं शिकारीहरूमध्येबाट बच्न सफल ति पादरीले त्यस प्रोफेसरका अपराधीका अन्तिम प्रयोगहरूका बारेमा आफ्नै कथा जिउँदो जाग्दो प्रमाण पेश गरे। किन्तु, यसैबीच एकजना अर्का डा. शिलिंग भन्दा पनि राक्षसी प्रवृति भएका डा. मञ्चमा देखापरे। उनी थिए डा. साईमण्ड रुसर, जले यस्ता घृणित प्रयोगहरूमा डा.शिलिंगलाई भर साथ दिएका थिए ।
हिटलरले आफ्नै जासुसी संस्थाका चिफलाई निर्मम हत्या गरे। खसी, बाख्रा जस्तै मान्छेलाई घाँटी रटे ेर हत्या गर्थे । मान्छेहरूको सुकुटी सुकाउने काम गर्थे उनी र शरीरमा स्प्रीट छररे मासु गल्ने खालका केमिकल प्रयोग गर्थे । कैदीहरूलाई जाडोमा बाहिर चोकमा बनाएका नुहाउने ठाउँमा राखिन्थ्यो। त्यस्ता बाथ टबमा हिउँ भरिन्थ्यो र त्यहाँका पानी विस्तार जम्नै थाल्थ्यो । भट्टीमा जिउँदै मान्छेलाई झोस्ने काम हुन्थ्यो। अन्तमा हिटलरले आत्मा हत्या गर्नु पर्यो र त्यस्ता राक्षसको दुःखद देहसान भयो। हाम्रा देशका केही अतिवादी जाति र शासकवर्ग आफुलाई राष्ट्रवादी ठान्छन् । एक दिन उनीहरूको पनि हिटलरको जस्तै नहोस भन्ने अपेक्षा छ ।
तपाईको प्रतिक्रिया !!