
जलेश्वर : आईतवार महोत्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्लाको गौशालामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका ९ मा ज.१२प. ४९१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक धनुषाको जनकपुर उप–महानगरपालिकाको कुवारामपुर बस्ने ३० बर्षीय महेश मुखियाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका उनलाई तत्कालै उपचारको लागी गौशाला पोलिक्लिनिक लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइएको प्रहरीले बताएको छ । त्यस्तै महोत्तरीकै सम्सी गाउँपालिका ५ स्थित पोखरभिण्डामा नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ७७ बर्षीय फेकन राय रहेका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल र त्यसका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया !!