जनकपुरधाम: भनिन्छ रक्तदान नै जीवन दान हो। अर्थात् रगतको दान गर्नु जीवन दान गर्नु सरह सरह मानिन्छ । यो नारा दिइएपनि अहिले पनि कतिपय व्यक्ति रक्तदान गर्न हिच्किचाउँछन्। तर, जनकपुरधामक एक यस्ता युवा छन् जो कमै उमेरमा ५०औं पटकसम्म रक्तादन गर्ने व्यक्तिमा गनिन्छन्। ती हुन्, हनुमान नामले परिचित सीताराम यादव । यसअघि ४९ पटक रक्तदान गरिसकेका यादवले आईतवार ५० औं पटक रक्तदान गरेका छन्। जनता समाजवादी पार्टी धनुषाका युवा नेता रहेका उनले रगत दान गर्दा आफ्नो शरीरलाई पनि फाइदा पुग्ने भएकाले लगातार रक्तदान गर्दै आएको बताए ।
सीताराम यादवले आइतवार प्रादेशिक अस्पताल जनकपुरको प्राङ्गणमा रहेको रेडक्रसकोे रक्तसंचार केन्द्रमा ५०औं पटक रक्तदान गरेका हुन् । सामाजिक विकृति विसंगतिको अन्त्यका लागि अगाडी बढ्दै समाजमा सकारात्मक भुमिका खेल्ने अभियन्ता तथा युवालाई आफूले रक्तदान गर्दै आएको उनले बताए । उमेरको हिसाबले ३२ बर्ष पुगेका उनले १७ बर्षकै उमेरदेखि रक्तदान गर्न थालेको बताए । ‘१७ बर्षको उमेरमा २०६२ सालमा पहिलो पटक रक्तदान गरेकोे थिएँ,’ उनले भने, ‘त्यसपछि पटक–पटक गर्दै आएको छु।’
तपाईको प्रतिक्रिया !!