जनकपुरधाम : ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । आइतबार काठमाडौंबाट पुख्र्यौली घर सिरहाको कर्जन्हा जानेक्रममा जनकपुर आइपुगेका साहलाई जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साहको अगुवाइमा युवाहरूले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।
साथै युवाहरूले विमानस्थलमा केक काटेर खुःशी साटासाट गरेका छन् । बेलायतमा बस्दै आएका साह फागुन १३ गते काठमाडौं आइपुगेका थिए । १७ दिन काठाडमौं बसेर उनी पुख्र्यौली घर जान लागेका हुन्। साहलाई लिन ९५ वर्षीया आमा सोमरीदेवी, दाइ, भाउजू र भतिजी जनकपुर विमानस्थल पुगेका थिए । साहले आमाको नजिक पुगेलगत्तै अंगालो मारे। त्यसपछि आमा र भाउजूले आरति गर्दै टीका लगाइदिए । स्वगतपछि उनी कुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘म यो पेसाप्रतिको सोच परिवर्तन होस् भन्ने चाहन्छु। र यसकै लागि म नेपाल आएको छु।’
तपाईको प्रतिक्रिया !!