जनकपुरधाम : जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतको विश्वासिलो नेता रामविलास यादवले आत्मसमर्पण गरेका छन्। उनी लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटभन्दा केहि घण्टा अगाडी मात्र आत्मसमर्पण गरेका थिए । सिरहा नगरपालिका १९ घर भएका अन्दाजी ६३ वर्षीय यादव २०६१ मा भूमिगत भएका थिए । त्यसअघि उनी माओवादी जनयुद्ध गरका थिए े ।
मोओवादीले मधेसमा मुद्दा छाडेको भन्दै गोइतको नेतृत्वमा उनी जनतान्त्रिक तराई मुक्ति मोर्चाको गठन गरेको थियो। उनी सिरहा क्याम्पसका पूर्व प्राध्यापक पनि हुन्। संघीय सरकारका कानून मन्त्री लीलानाथ श्रेष्ठको पहलमा उनी आत्मसमर्पण गरेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए ।
उनका अनुसार मन्त्री श्रेष्ठ नै उनलाई जिल्ला प्रशासन कार्यालयमा ल्याएर आत्मसमर्पण गराएका हुन्। यादव मोर्चाका सेकेन्ड म्यान थिए । यादवमाथि बम विस्फोट सम्बन्धी दुई मुद्दा प्रहरीमा दर्ता रहेको छ । यद्दपी आत्मसमर्पण गरेलगत्तै उनलाई छाडिएको छ । सहायक प्रजिअ निरौलाले भने, ‘आत्मसमर्पण गरेका यादवलाई के गर्ने विषयमा केन्द्रसँग सल्लाह गर्यौं । उताबाट आएको निर्देशन अनुसार निगरानीमा राखेर छाडेका छौं ।’
तपाईको प्रतिक्रिया !!