Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

गोइत समूह फेरि आपराधिक गतिविधिमा सक्रिय


गोइत समूह फेरि आपराधिक गतिविधिमा सक्रिय

जनकपुरधाम : जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा आपराधिक गतिविधिमा फेरि सक्रिय भएको छ।

सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज बम विस्फोट गराएर गोइतले आपराधिक गतिविधिलाई निरन्तरता दिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक ९एसएपी० सुदीपराज भण्डारीले घटनास्थल छेउमा जनतान्त्रिक मुक्ति मोर्चाको पर्चा फेला परेको बताए।

“जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ। पर्चा फेला परेपछि सोही समूहले घटना गराएको हो कि भन्ने आशंका छ,” एसपी भण्डारीले भने, “थप अनुसन्धानपछि खुल्ला।”

दुई महिना अगाडि पनि उक्त समूहले कीर्तिपुर नगरपालिकामा विस्फोट गराएको थियो। त्यसबेला मानवीय क्षति भएको थिएन। आजको घटनामा आठ जना घाइते भएका छन्। तिमध्ये एक जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा कर्मचारी, सेवाग्राही र लेखापढी व्यवसायीसमेत रहेको प्रहरीले जनाएको छ।

प्रदेश २ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक ९डीआईजी० धीरजप्रताप सिंहले नेपाली सेनाको अनुसन्धान टोलीले बमको प्राविधिक पक्ष र नेपाल प्रहरीको अनुसन्धान टोलीले किन राख्यो भन्ने पक्षबाट अनुसन्धान थालेको बताए।

राजनीतिक संगठनको नामबाट आपराधिक गतिविधि गरेको भन्दै उक्त समूहको गतिविधिलाई निस्तेज पार्न प्रहरी दृड रहेको उनले बताए।

“यो समूहले आपराधिक गतिविधि स्थगित गरेको थियो, गतिविधि त्यागेको थिएन र यो घटनाले यो समूहले टाउको उठायो भन्ने भएको छ,” डीआईजी सिंहले टुडेएक्सप्रेस सँग भने, “हामी घटनामा संलग्नहरूलाई चाँडै पक्राउ गरेर कानुनी कारबाही गर्छौ।”

विद्रोहीमध्येको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण गतिविधिमा आएको दुई साता पनि नहुँदै गोइत समूहले आपराधिक गतिविधि थालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएपछि अब देश शान्तिको युगमा प्रवेश गरेको घोषणा गरेका थिए।

तर आजको घटनाले फेरि देशमा राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्ने समूहहरू जीवितै रहेको देखाएको छ।

यो समूहले पहिलो संविधानसभा निर्वाचन अगाडिदेखि दोस्रो संविधानसभा निर्वाचनको आसपाससम्म तराई क्षेत्रमा बढी आपराधिक गतिविधि गरेको थियो।

हेलिकोप्टर पुग्न ढिलाइ

सिरहाको लहानस्थित जिल्ला मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारी र फूलकुमारी ठाकुरको उद्दारका लागि बोलाइएको हेलिकोप्टर अझै नपुगेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए।

भण्डारीको दुवै खुट्टा बम विस्फोट हुँदा चुँडिएपछि अवस्था नाजुक रहँदा पनि हेलिकोप्टर पुग्न ढिलाइ भएको उनले बताए।

“काठमाडौंबाट उडिसक्यो भन्ने खबर छ, तर आइपुगेको छैन। एक जना विरामीको अवस्था चिन्ताजनक छ”, सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले भने।

बम विस्फोटमा परी भण्डारीसँगै ठाकुर, मालपोत कार्यालय लाहानका नायव सुब्बा शिवकुमार यादव, भोलाबहादुर मगर, लालबहादुर बिक, बद्रीनाथ यादव, लक्ष्मी राना र चेतन मगर घाइते भएका छन्।

तीन जनाको लहानस्थित सप्तऋषि अस्पताल र अन्यको सोही ठाउँमा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले बताए।

बम विस्फोट आज दिउँसो अन्दाजी १२ ः४० मा भएको थियो।अहिले घटनाको अनुसन्धानमा सिरहाका प्रहरी प्रमुख सुदीपराज भण्डारीसहितको टोली खटिएको छ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!
Banner News

भारतले बंगलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिने!

फाल्गुन ५, २०७९, ९:२७ AM
रवि लामिछानेको  गृहमन्त्री पद पनि गयो
Banner News

रवि लामिछानेको गृहमन्त्री पद पनि गयो

माघ १३, २०७९, ६:०३ PM
संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन
Banner News

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

माघ ११, २०७९, ९:३१ AM
लाइन हटाउन सक्ने सिस्टम छन् प्रसासन तयार छैन
Banner News

लाइन हटाउन सक्ने सिस्टम छन् प्रसासन तयार छैन

पुस १४, २०७९, ७:५१ AM
सरकारको आय र व्ययबीचको सन्तुलन बिग्रिएको
Banner News

सरकारको आय र व्ययबीचको सन्तुलन बिग्रिएको

पुस १३, २०७९, १०:१० AM
नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन
Banner News

नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन

अशोज ६, २०७९, ८:५२ AM
तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्यो
Banner News

तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्यो

अशोज ५, २०७९, ३:२१ PM
जसपाले फिर्ता बोलायो ३ मन्त्री, नयाँ मन्त्री पनि सिफारिस
Banner News

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन हो : उपेन्द्र यादव

अशोज ५, २०७९, १२:०१ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर