काठमाडौं : स्थानीय बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ८६ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ ।
सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ८६ हजार १५० पर्नेछ ।
यता, चाँदीको भाउ भने आज स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको चाँदीको भाउ आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!