मनोज यादव । सर्लाही । अपराधीक गतिविधिमामा संलग्न जोकोहीलाई पनि माफ नगरिने सर्लाहीका नयाँ प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताएका छन् । सर्लाही जिल्लामा गुण्डागर्दी गतिविधि संचालन गर्ने र गुण्डागर्दीमा संलग्न जोसुकै व्यक्ति तथा गिरोहलाई कार्वाही गरिने उनले प्रतिवद्धता जनाएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय मलंगवा स्थित उनकै कार्याकक्षमा भेटघाट गर्न पुगेका पत्रकार तथा नागरिक समाजको टोली प्रजिअ तामाङ्गले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रजिअ तामाङ सबैभन्दा कम उमेर (३३वर्ष )को सिडियोको रुपमा नेपालभरी प्रख्यात छन् । भेटघाटको क्रममा पत्रकारहरूले नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष तथा एभिन्युज टेलीभिजनका संवाददाता बख्तियार अली माथि बिहिवार साँझ शिवरात्रिको दिन ज्यान मार्ने किसिमले भएको घट्नाको विषयमा प्रजिअ तामाङको ध्यानाकर्षण गराएका थिए । हमलाबाट गम्भीर घाइते पत्रकार अलि उपचारकै क्रममा रहेको र अहिले उनी उपचारमा संलग्न डाक्टरको सल्लाहमा आफ्नै निवासमा बेड रस्ेटमा छन्। दोषीलाई अविलम्ब गिरफ्तार गरी जेल पठाउन नेपाल पत्रकार महासंघ सर्लाही शाखा र नागरिक समाज सर्लाहीले प्रजिअ तामाङ सँग आग्रह गरेका छन् । लागूऔषध दुर्व्यसनीहरूकै कारण जिल्लामा दिनहुँजसो कुटपिट ,चोरी,सडक दुर्घटना जस्ता घटना र दुर्घटनाहरू बढेको टोलीले प्रजिअलाई जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया !!