सप्तरी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटि सदस्य मातृका प्रसाद यादवले पार्टी जनता समाजवादी पार्टीलाई नेतृत्व दिन आफुहरू तयार रहेको बताएका छन्। उनले अहिलेको सरकार परिवर्तनका लागि नेपाली काँग्रेस जसपालाई नेतृत्व दिन तयार भए आफ्नो पार्टी पनि तयार रहेको बताए । प्रेस संगठन नेपाल शाखा सप्तरीले शनिवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले प्रतिगन विरुद्धमा आन्दोलन गरेका सबै दलले सहमति गरेर प्रधानमन्त्री केपी ओलीलाई हटाउनुपर्ने अहिलेको आवश्यकता रहेको तर्क गरे। अहिलेको नेकपा एमालेले ओलीलाई हटाएर आएमा एमालेकै नेतृत्वमा सरकार गठनका लागि माओवादी केन्द्रले समर्थन गर्न सक्ने विचार व्यक्त गरे।
यादवले ओलीलाई ठगको संज्ञा दिदै जसपालाई उनको पछि नलाग्न सचेत गराए । ‘ओली ठग हो, जसपालाई ठग्दैन भन्ने छैन’ उनले भने ‘अग्रगमनको खेमामा उभिन जसपालाई आग्रह गर्दछु।’ पुर्व मन्त्री यादवले प्रतिगमनको विरुद्धमा रहेको सबै शक्ति मिलेर देशलाई निकास दिनुपर्नेमा जोड दिदै कम्युनिष्टको बारेमा पनि आम जनतामा बहस हुनुपर्ने बताए । ‘ओली विग्रेको कम्युनिष्ट हो, हुन त उनी पहिला पनि कम्युनिष्ट थिएनन् खोल ओढेका मात्रै थिए’ यादवले भने ‘असली कम्युनिष्ट पार्टी बारे जनतामा बहस हुनु जरुरी छ ।’
नेकपाको विषयमा सर्वोच्च अदालतले गरेको फैसला प्रति लक्षित गर्दे यादवले अदालतको फैसला आश्चर्यजनक भएको प्रतिक्रिया दिए । उनले पार्टी एकताको विषयमा मुद्दा नपरेकोले सर्वोच्चको फैसला न्यायिक भन्दा पनि राजनैतिक भएको तर्क राखे। ‘सर्वोच्चको फैसला सुनियोजित हो, कत्तै बाहिर ड्राफ्ट भएर आएको छ । पार्टी एकताको विषयमा मुद्दा परेको थिएन मुद्दा त नामको विषयमा परको े थियो,’ यादवले भने। पुनरावलोकनमा जाने नजाने विषयमा पनि पार्टी भित्र छलफल भईरहेको उनको भनाई छ । प्रेस संगठनका जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संगठनका प्रदेश २ इन्चार्ज प्रकाश खतिवडा, माओवादी केन्द्रका जिल्ला संयोजक अशोक मण्डल लगायता नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।
तपाईको प्रतिक्रिया !!