
श्रीकान्त झा । जनकपुरधाम । बीस दिन अघि घरबाटै बेपत्ता पारिएका महोत्तरीका झा दम्पतिको घटनाको सिआईबीले अनुसन्धान गर्नु पर्ने माग गरिएको छ । झा दम्पतीको घटनामा स्थानीय प्रहरी प्रशासनले खासै चासो नदेखाएको भन्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ सहितका ४४ ओटा संघसंस्थाले घटनाको सिआईबीले नै असुन्धान गर्नु पर्ने माग सहित शुक्रवार जलेश्वर तथा शनिवार जनकपुरधाममा प्रदर्शन गरेका हुन् । वृद्ध झा दम्पतीको खोजतलासमा प्रहरीलाई दबाब दिन जलेश्वर स्थित जिल्ला प्रशासन कार्यलयमा धर्ना दिँदै आएका उनीहरूले धर्ना तथा अनसनका कार्यक्रमलाई स्थगित गरी विरोध प्रदर्शनमा उत्रिएका हुन् । ‘प्रहरीको फितलो अनुसन्धानका कारण झा दम्पतीको अवस्था अझै अज्ञात छ ।
झा दम्पतीलाई अविलम्ब अपहरणमुक्त गर्न र अपराधीलाई समातेर कडा कारबाही गर्न माग पटक पटक माग गरे पनि अपहरणमा परको े २० दिन वितिसक्दा पनि अवस्था अज्ञात रहँदा उनीहरूको हत्या भएको हो कि या कतै राखिएको छ भन्ने एकिन हुन सकेन त्यसकारण घटनाको सिआईबीले नै अनुसन्धान गर्नु पर्ने माग गरेको हौ,’ मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ का अध्यक्ष जानकीरमण झाले भने। ‘जिल्ला प्रशासन कार्यालयमा जारी रिले अनसन स्थगित गरेर जनकपुरधामको जनक चौकमा रिले अनसन सुरु गरेकाछौं’ ।
उनले झा दम्पतीलाई अविलम्ब अपहरणमुक्त गर्न र अपराधीलाई समातेर कडा कारबाही गर्न माग समेत गरे। उनले झा दम्पतीबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाउनुपर्ने बताए । प्रहरीले गम्भीर भएर विशेष अनुसन्धान गरोस् भन्ने उदेश्यले अनसन बसेको बताए ।
फागुन १० गते राति देखि महोत्तरीको पिपरा गाउँपालिका घर भएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादे घरबाटै हराई रहेका छन्। प्रहरीले घटनाका सम्बन्धमा अझैसम्म कुनै ‘क्लू’समेत भेट्टाउन सकेको छैन । उनीहरूको हत्या गरी पोखरीमा फालेको हुनसक्ने आशंकामा प्रहरीले दर्जनौँ पोखरीमा डुंगा र जाल बिछ् याएर सर्च अपरसन चलाएको े महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्ु ठाकुरसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले हिरासतमा राखिएका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको छ । तर पनि दम्पतीको अवस्था अझै अज्ञात छ ।
तपाईको प्रतिक्रिया !!