संजय मिश्रा , रौतहट : पुरातात्त्विक महादेव मंदिर मौलापुरमा मधानी महायज्ञको अवसरमा शुक्रबार देखि कुस्ती प्रतियोगिता सुरु भएको छ ।
कुस्ती प्रतियोगितामा नेपाल र भारतको विभिन्न स्थानका राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका ७२ जना पहलवानहरु आएका छन ।
शुक्रबार मौलापुर नगरप्रमुख रिनाकुमारी साहले रिबन काटेर कुस्ती प्रतियोगिताको उदघाटन गर्नु भयो । शुक्रबार झण्डै एकदर्जन पहलवानहरुले प्रदर्सन गरेको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताउनु भयो ।
कुस्ती प्रतियोगितामा मौलापुर नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुले पहलवानको जोडी लगाएका थिए ।कुस्ती प्रतियोगिता भोलिपनी जाजी रहने छ । कुस्ती प्रतियोगितामा पुरुष पहलवानका साथी महिला पहलवानले पनि प्रदर्सन गरेका थिए ।
प्रतियोगितामा नेकपा प्रदेश २ कमिटी सदस्य मनोज यादवले उदघोषन गरेका थिए । दोस्रो मधानी महायज्ञको बिहिवार उपप्रधानमन्त्री ईश्वर पोख्रेलले उदघाटन गर्नु भएको थियो ।
सो क्रममा उहाँले पुरातात्त्विक महादेव मंदिर पतौरालाई विश्व सम्पदा सुचिमा राख्न सरकारले पहल गर्ने बताउनु भएको थियो ।
उपप्रधानमन्त्री पोख्रेलले मौलापुरमा पुरातात्त्विक महादेव मंदिर उत्खननमा पाउनु समग्र मधेसकै लागि धरोहर भएकाले यसको विकासका लागि आफू पुर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
तपाईको प्रतिक्रिया !!