Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

आज देखि मिथिला माध्यमिकी परिक्रमा सुरु, परिक्रमा भरी माछामासु र मदिरा निषेध


आज देखि मिथिला माध्यमिकी परिक्रमा सुरु, परिक्रमा भरी माछामासु र मदिरा निषेध


श्रीकान्त झा । जनकपुरधाम । मिथिलाकै ऐतिहासिक एवं धार्मिक नगरी जनकपुरधाममा आज देखि १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ । मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव मध्यमा परिक्रमालाई ‘मिथिलाको महाकुम्भ’ पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवतसुरु हुने परिक्रमामा लाखौं भक्तजनहरू सहभागी हुने गर्दछन्।

परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइपुग्ने गरेको छ । मिथिलाञ्चलमा परिक्रमा समापनको भोलिपल्ट होली मनाउने चलन रहेको छ । आज धनुषाको मिथिला बिहारी नगरपालिका स्थित ठेराकचुरी गाउँमा रहेको मिथिला विहारी मन्दिरबाट प्रस्थान गर्ने मिथिला बिहारीको डोला साधुसन्त र हजारौँ भक्तजनसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा आई पुग्दछ । यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमानगढी पुगेर विधिवत रुपमा १५ दिने यात्रा शुभारम्भ हुने गरेको छ ।

परिक्रमाको दोस्रो दिन रामसीताको डोला सहित साधुसन्त र भक्तजनहरू भारतको कल्याणेश्वर स्थान पुग्ने गर्दछन्। त्यहाँ महादेवको मन्दिरमा पूजा अर्चना गरी राति विश्राम गर्ने गरिन्छ । तेस्रो दिन भारतकै गिरिजास्थान र चौंथो दिन महोत्तरीको मटिहानी पुग्छन्। मटिहानीमा रामसीताको विवाहको बेला मटकोर विधि भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । मटिहानीबाट डोला जलेश्वर पुग्दछ । जलेश्वरनाथको दर्शनपछि पञ्चमी तिथिमा परिक्रमा मडै गाउँ पुग्ने गर्दछन्। मडै गाउँमा माण्डप ऋषिको आश्रम रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यहाँबाट ध्र‘वकुण्ड हुँदै डोला लक्ष्मीनियाँ गाउँपालिका स्थित कञ्चनवन पुग्छ । कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरी परिक्रमा सरिक साधुसन्त तथा भक्तजनहरूले होली खेल्ने गर्छन्। त्यसपछि डोला पर्वता तर्फ मोडिन्छ ।

पर्वताबाट धनुषाधाम पुग्ने गरेका डोलेहरूले धनुषाधाममा रामसीताको स्वयंवरको बेला रामले शिवको धनुष भाँचेको टुक्रा झरेको अवशेष भएको मन्दिरको दर्शन गर्ने गर्छन्। दशमी तिथिमा सतोषर भन्ने स्थानमा डोलेहरू बास बसेर क्रमशः औरही, करुणा हुँदै कल्याणेश्वर भएर विशौल पुगी विश्राम गर्छन्। फागुन पूर्णिमाको दिन डोला जनकपुरधाम आईपुगी अन्तरगृह परिक्रमा गरी समापन हुने गर्दछ । परिक्रमामा नेपाल र भारतको गरी १ सय ३३ किलोमिटर लामो पैदल यात्रा हुने गरेको छ ।

जसमा हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी हुने गर्दछन्। पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा दुःखकष्टको निवारण भई पाप नष्ट हुने जनविश्वासका रहेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवका अनुसार परिक्रमा नेपाल र भारत दुई देश बिचको सांस्कृति सम्बन्धको ठूलो पुल हो। परिक्रमाले दुई देशको सभ्यता र संस्कारलाई समृद्ध बनाउने काम गरेको छ । परिक्रमाका क्रममा पुगिने सबै धार्मिक स्थलहरू रामायणको विशेषता र रामसीताको वैवाहिक सम्बन्धसँग जोडिएका स्थानको रुपमा रहेका छन्। परिक्रमा अवधिभरी सहभागी यात्रुहरूले चोखो खानेकुरा खाने, लहसुन, प्याज सेवन नगर्ने, खाली खुट्टा हिँड्ने, बिहानै उठेर नुहाई धुवाई गरी भजन कीर्तनमा सहभागी हुनुपर्ने नियमहरू बनाइएको हुन्छ । परिक्रमाले नेपाल भारतको सम्बन्धलाई परापूर्वकालदेखि प्रगाढ बनाएको महन्थ नवलकिशोर दासको भनाई छ ।


परिक्रमा भरी माछामासु र मदिरा निषेध


धनुषा जिल्ला प्रशासन कार्यालयले आज देखि १५ दिन सम्म परिक्रमा क्षेत्रभित्र माछामासु र मदिराको कारोबारमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी वन्धु वास्तोलाले शुक्रवार एक सूचना जारी गरि ऐतिहासिक धार्मिक महत्वको परिक्रमा यात्रका अवधिभर जनकपुरधाममा माछामासु तथा मदिराको कारोबार नगर्न अनुरोध गरेका हुन् । सूचना अनुसार जनकपुरधाममा आज देखि चैत्र १५ गते सम्म माछामासु र मदिरा सेवन तथा बिक्रीवितरणमा रोक लगाएको छ । सूचनाको बर्खिलाप गरे गराईएको पाईमा सामान्य प्रशासन ऐन बमोजिम कारबाही गरिने प्रजिअ वास्तोलाले चेतावनी दिए । जिल्ला प्रशासन कार्यालय धनुषाले पटक पटक जनकपुरधामको परिक्रमा एरियाभित्र माछामासु तथा मदिरा निधेष गर्ने गरेको भए पनि त्यसको व्यापक उल्लङ्घन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर