काठमाडौं : नेकपा एमालेले आगामी वर्ष मंसिरमा महाधिवेशन गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो।
बैठकले बादलसहित २३ माओवादी नेता एमाले केन्द्रीय सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेको छ। पार्टीको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन्। यस्तै अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारी भंग गर्ने निर्णयसमेत भएका छन्।
बालुवाटारमा बसेको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरूको भने उपस्थिति थिएन।
फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक भएको निर्णय गरिदिएपछि एमालेले महाधिवेशनको मिति तय गरेको हो।
तपाईको प्रतिक्रिया !!