काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् ।
आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ । उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए ।त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ । बागमती प्रदेश इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई जिम्मेवारी दिइएको हो भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।
बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।
तपाईको प्रतिक्रिया !!