सर्लाही : नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीमाथि आक्रमण भएको छ ।
बिहीबार साँझ भएको आक्रमणबाट उपाध्यक्ष अलीको शरीरभरि निलडाम तथा चोट लागेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले जनाएको छ ।
मलङ्गवा नगरपालिका–१० को आफ्नै घरमा एभिन्युज टेलिभिजन सर्लाही संवाददाता तथा महासङ्घ सर्लाहीका उपाध्यक्ष अलीमाथि सङ्घातिक आक्रमण हुँदा अलीको टाउँकोदेखि खुट्टासम्म चोट लागि गम्भीर घाइते भएका उनको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।
उपाध्यक्ष अलीमाथि उनको आफ्नै घर अगाडि मोटरसाइकल रोकी उनका आफ्नै भाइले अन्धाधुन्ध आक्रमण गरेको स्थानीयवासीले बताएका छन् ।
उपाध्यक्ष अलीले आफूमाथि पटकपटक आक्रमणको प्रयास गरेको बताएका छन् । शारीरिकबाट विभिन्न भागमा दर्जनभन्दा बढी टाँका लगाइएको अलीका परिवारजनले बताएका छन् ।
उनका कान्छा भाइले आक्रमण गरेको र उनी आपराधिक गतिविधिका रहनुको साथै लागुपदार्थ प्रयोगकर्तासमेत रहेकासमेत रहेका उनको परिवानरले बताएका छन् ।
दाजुमाथि आक्रमण गरी उनी फरार रहेका अलीका परिवारले बताएका छन् भने उनलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग माग पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया !!