जनकपुरधाम : हत्या स्वीकार गरिसकेका एक व्यक्ति धनुषा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्।
आफ्नै भिनाजुको हत्या गरेको स्वीकार्ने उदयपुरको त्रियुगा नगरपालिकाका निरज खातीलाई जिल्ला अदालत धनुषाले बुधबार रु १ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।
खातीले आफ्नै भिनाज्ु धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका संचालक प्रमोद रेग्मीको गत माघ १३ गते हत्या गरेको भन्दै प्रहरीले उनीबिरुद्व कर्तव्य ज्यान शिर्षकमा मुद्दा दायर गरेको थियो।
५४ बर्षीय रेग्मीको उनकै सहोदर सालो ३५ बर्षीय अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराई बाँसको लठीले टाउकोमा प्रहार गररे हत्या गरको प्रहरी समक्ष स्वीकार पनि थिए ।
उक्त मुद्दामाथि बुधबार बहस हुँदा जिल्ला न्यायाधीश केशव अर्यालको एकल इजलासले खातीलाई रु १ लाख धरौटिमा रिहा गर्ने आदेश दिएको छ ।
आफैंले हत्या स्वीकार गर्ने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्नेमा धरौटीमा रिहा गर्ने आदेश दिएपछि प्रहरी अचम्भित भएका छन्। ‘हामी साँच्चिकै आश्चर्यमा छौं’ धनुषाका एक प्रहरी अधिकृतले भने, ‘हामीले त सुक्ष्म अनुसन्धान गररे मुद्दा दर्ता गरका े हौं । कसरी धरौटिमा राख्ने आदेश आएको हो थाहा भएन् ।
तपाईको प्रतिक्रिया !!