

सुरेश रेग्मीे हो या यस्तै अरु कोही लेखक हुनु पर्छ मलाई ठ्याक्कै याद भएन । सायद यो ४-५ वर्ष या त्यो भन्दा अघिको कुरा हुनु पर्छ। मैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विषयमा निकै राम्रो ढंगले व्यक्त गरिएको बिचार सरसर्ती हेर्ने र पढ्ने मौका पाएको थिएँ। त्यो लेखमा प्रचण्डको जुँगा देखि टाउकाको केस सम्मको चर्चा गरिएको थियो। त्यतिबेला सो लेखमा व्यक्त गरिएका विचार र प्रचण्डको व्यवहार ठ्याक्कै मेला खान्थ्यो। अहिले पनि उनको विषयमा धेरै लेख, विचार र दृष्टिकोणहरू बाहिर आउने गरेका छन् । पहिले उनको उम्दा र उँभो लाग्दो छविका कुरा सुनिन्थे भने अहिले उँधो र धमिलो छविका कुराहरू आउँछन् । कहिले भारतको एजेण्ट त कैले विदेशी शक्तिका दूत, १७ हजारको हत्यारा, नेकपाको एकता भडुँवा त बाँदेरशै लीका असभ्य नेता ।
वास्तवमै प्रचण्ड अलौकिक नेता हुन्। जतिबेला म कक्षा ८ मा पढ्थे सायद ५७-५७ सालको कुरा हुनु पर्छ । त्यतिबेला माओवादी युद्धमा थियो। त्यसको नेतृत्व प्रचण्डले गरेका थिए । उनलाई प्रत्यक्ष नदेखे पछि उनको विषयमा धेरै राम्रा कुरा सुनिएको थियो। अब सर्वसाहार वर्गको मुक्ति यिनी र यिनको पार्टी माओवादीले मात्रै गर्न सक्छ । मसँगै पढ्ने धेरै साथीहरू पनि पढ्दा पढ्दै पढाई नै छोडेर जनमुक्ति सेनामा भर्ती हुन गए । मलाई पनि जोर जबरजस्ती गरका थिए त्यतिबे े लाका माओवादी छापामारहरूले तर मैले जान्न भनौं कुटाईखाने डर, त्यसैले म सेनामै नगएर पनि सहयोग गर्छु भने र आफ्नो पढाईलाई निरन्तरता दिएँ। कैले चामल बोकेर त कैले अन्य सामान बोकेर माओवादीलाई त्यतिबेला धेरै सघाईयो। अहिले मुक्ति पाईन्छ भनेर युद्धमा होमिएकाहरू विदेशमा भेडा चराएर बसेका छन्। म यहाँ एउटा पत्रिकाको सम्पादक भएर तिनैका पिडाहरूलाई बाहिर ल्याउने काम गर्छ‘। उनीहरूको अवस्था हेर्दा अहिले मलाई लाग्छ, झण्डै मैले पनि बाटो विराएको भए म पनि सायद यतिबेला भेडा चराई रहेको हुन्थे होला । सम्झदा नि आङ नै सिरिङ्ग हुन्छ । हरेक युगमा कुनै न कुनै महान पुरुषको चर्चा हुन्छ, कुनै न कुनै व्यक्ति चर्चाको शिखरमा पुग्छ । माओवादी अध्यक्ष प्रचण्डको पनि चर्चा यसरी भएको कि त्यसको बयान गररे साध्य नै छैन ।
द्वन्दरत अवस्था देखि मूलधारको राजनीतिमा आई सकेपछि पनि उनको चर्चा रोकिएन । अझ २०६४ सालमा भएको पहिलो संविधान सभाको चुनावमा पहिलो पार्टी भए पछि र गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भए पछि त उनको चर्चा यति माथि पुग्यो कि, छिमेकी देशहरू समेत उनले चाल्न सक्ने कदमलाई लिएर संयमित भए । नेपालमै पनि उनी प्रधानमन्त्री भए पछि तल देखि माथि सम्मका सबै कर्मचारीवर्ग सचेत भए । उनले जतिबेला पनि छड्के गर्न सक्ने र एक्सन लिन सक्ने भन्दै कर्मचारीतन्त्रमा उथलपुथलको स्थिति आयो। तर जब उनी सेनापति प्रकरणमा मुछिए त्यसपछि उनको चर्चाले ओरालो यात्रा सुरु ग¥यो। पृथ्वीको गर्भबाट ज्वाला भएर बाहिर आएका लार्भा विस्तारै सेलाए झैं प्रचण्डको उचाई घट्दै घट्दै गयो। उनले प्रधानमन्त्रीबाट राजीनामा नै दिने स्थिती आयो। उनको पार्टी पहिलो पार्टी भएको अवस्थामा पनि देशले संविधान पाउन सकेन । उनीमाथिको जनताको क्रेज क्रमशः घट्दै गयो र दोश्रो संविधान सभाको निर्वाचनमा उनको दल पहिलोबाट दोश्रोमा नझरी एकैपटक तेश्रो दलमा झर्यो। पार्टीको स्थान जहाँसुकै जेसुकै भए पछि उनलाई जालझेल गररे हुन्छ या कसरी हुन्छ पहिलो नेता हुनै पर्ने उनको बानी थियो। मैले नेपालमा जे गरे पछि हुन्छ भन्ने दम्भ उनीमा छँदै थियो।
फलस्वरुप उनको साथ छोडेर बाबुराम, मोहनवैद्य, विप्लप, बादल लगायतका नेता अलग भए त्यसपछि त झन् उनी ओरालो लागेको मृग झैं भए । २०६४ सालको संविधान सभाको चुनावमा माओवादी पहिलो पार्टी हुनुको कारण नै जनतामा फैलाईएको त्रास थियो। उसले गरेको हिंसात्मक गतिविधिका कारण नागरिक आजित थिए । त्राही त्राही भई सकेका थिए । हज्जारौं नारीको सिँउदो पुछिएको थियो। हज्जारौं बालबालिका टुहुरा भएका थिए । हज्जारौं आमाबुवाको काख रित्तो भएको थियो। धेरैको साहारा खोसिएको थियो। त्यसैले पनि म जस्ता हजारौं मतदाताले त्यतिबेला देशमा शान्ति हुन्छ भन्ने आशाले माओवादीलाई भोट दिएका थियौं । पत्यार लाग्दैन भने ती मतदाता अझै मरेका छैनन् गएर सोध्दा हुन्छ । नेपाली जनताले त्रासकै कारण र देशमा शान्ति हुन्छ भन्ने आशकै कारण भोट दिए र माओवादी पहिलो पार्टी भयो। उसलाई भोट नदिँदा शान्ति प्रक्रिया नै भंग गररे फेरी हिंसात्मक गतिविधि रोज्ने हो कि भन्ने डर म जस्ता आम नेपालीलाई थियो त्यतिबेला । फेरी त्यतिबेला माओवादीले सर्वहारा वर्गको लागि भनेर उठाएको नारा र लिएको अडान ठिक पनि थियो। त्यसैले पनि उसमाथि आशा र भरोसा राखेर भोट दिए र पहिलो पार्टी बनाए । पहिलो पार्टी भए पछि उसले जनताको अपेक्षा अनुसारको एउटा काम पनि गर्न सकेन । जनताको संविधान समेत दिन सकेन । अनि फेरी जनताको मुखमा त्यही उखान आयो जुन जोगी आए पनि कानै चिरिएको। माओवादी नि त्यस्तै हो भन्न थाले। २०६४ को चुनावमा मैले पहिलो पटक भोट खसालेको। प्रचण्ड र बाबुराम माथि भरोसा थियो। मैले त्यतिबेला पनि साथीहरूसँग भनेको थिएँ केही हुन्छ भनेर एक पटक भोट हालियो हेरम, यिनीहरूले गुहू खाएनन् भने देशमा परिवर्तन आउँछ । तर आएन । त्यसपछि मैले माओवादीको नाम नै लिन छोडिदिँए ।
जहाँ माओवादी हुन्थे त्यहाँ म हुँदिन थिए । अहिले प्रचण्डको चर्चा सेलाउँदै गर्दा नेपाली राजनीतिमा अर्का पात्र चर्चामा आउन थाले जो अहिलेका प्रधानमन्त्री छन् केपी शर्मा ओली । उनी विशेषगरी उखान टुक्के नेताका रुपमा चिनिन्थे। १४ वर्ष जेल जीवन ब्यतित गररे आएका उनी राष्ट्रिताका सवालमा सधैं खरो रुपमा नै उत्रिए । उनले मधेश आन्दोलनका समयमा भारतले लगाएको नाकाबन्दी होस या कोरोनाको समयमा अपनाएको संयमता होस या घरघरमा ग्याँस पाईप पु¥याउँछु भन्ने कुरा होस् या पानीजहाज र रेलका कुरा गररे होस्। यि सबै विषयले केपी ओलीलाई चर्चामा ल्याउने र उचाईमा पु¥याउने काम ग¥यो। त्यति मात्रै नभएर उनले भारत नियन्त्रित नेपालीभूमि नेपालको प्रशासनिक नक्सामा समावेश गरेर अहिले सम्मकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा आफुलाई स्थापित गरे। त्यस्तै उनले माओवादी केन्द्रसँग एकता गररे दक्षिण एसियाकै ठुलो कम्युनिष्ट पार्टीको अध्यक्ष बन्ने ऐतिहासिक अवसरसमेत पाए । नेपाली राजनीतिमा पढाईका कुरा पनि बेला बेला उठ्ने गरेको छ । फस्ट क्लास ईज थर्ड क्लास, थर्ड क्लास ईज फस्ट क्लास भने झै पढेलेखेका युवाहरू विदेशमा छन्। नपढेका स्वाँठ, लठैत बुढापाकाहरू राजनीति गर्छन्, देश चलाउँदैछन्, अनि कसरी देश गरिबीबाट माथि उठ्न सक्छ र भन्दै दल र तिनका नेताहरूको पढाईलाई लिएर विभिन्न माध्यममा बहस र टिकाटिप्पणी हुने गरेकै हो। त्यस्तै केपी ओलीले पनि १० कक्षा मात्रै पढेका छन्। उनले देश कसरी चलाउन सक्छन् भन्ने टिप्पणीहरू नभएका पनि होईनन्।
तर जब उनले भारतीय टिभी च्यानल जी न्यूजका सुधिर चौधरीलाई दिएको अन्तरवार्ताले उनी ज्ञानका महासागर रहेछन् भन्ने कुरा आम नेपालीले थाहा पाए । उनी ऐतिहासिक, धार्मिक, साँस्कृतिक, राजनीतिक सबै विषयमा पोख्त रहेछन् भन्ने कुरा पनि नेपालीले थाहा पाउन पाए । उनले रामको जन्मस्थलको विषयमा गरेको टिप्पणीले पनि उनलाई धेरैले उडाए तर उनको भनाईमा केही न केही रहस्य भएको पनि आम मानिसले महसुस गरे। नभन्दै रामको जन्मभूमि नेपाल नै भएको हुन सक्ने केही आधारहरू फेला परि रहनुले उनको कुरा सत्य सावित बन्दै गएको छ । मलाई पनि पहिले चतुर नेता, प्रखर नेता प्रचण्ड नै हुन् भन्ने लागेको थियो। तर जब उनका एक पछि अर्को गर्दै करतुत र कमजोरीहरू नेपाली जनतामाझ छर्लङ्ग हुँदै गए । पर्दाफास हुँदै गए तब उनीजतिका घटिया नेता कोही रहेनछन् भन्ने लागेको छ मलाई । उनी कुनै पनि काम आफैले गर्न सक्दैनन्, गर्न खोज्नेलाई पनि गर्न दिँदैनन् भन्ने कुरा आफ्नै पार्टी नेतृत्वको सरकारलाई बरखास्त गर्न खोज्नुबाटै प्रष्ट भएको छ । त्यतिमात्रै हैन उनले उतिबेला पनि गिराजाबाबुलाई राष्ट्रपति नबनाउन धेरै खेल खेलेकै हुन्, जसका फलस्वरुप उनी अहिले पछुतो लागेको आफै स्वीकार गर्छन् । प्रचण्डको चर्चा सेलाउनु र उनी धुलोपिठो हुँदै जानु भनेको ओली चर्चामा आउनु हो ।
ओलीले जुङ्गाको लडाईंमा फेरी एक पटक प्रचण्डलाई पछारेका छन् । ओलीले प्रचण्ड मात्रै हैन माधव नेपाल, झलनाथ लगायतका नेतालाई पनि तह लगाउन सक्षम भएका छन् । ओलीको राष्ट्रियता प्रतिको र विकास लक्षित अभिव्यक्तिले नेपाली जनताले उनलाई मन मस्तिष्कमा राखेका छन् । उनले विकासलाई एजेण्डा बनाए, राष्ट्रियतालाई शिरमा राखे त्यसैले आज हैन भोलिलाई एक पटक ओलीलाई भन्ने आहान अहिले नेपाली जनमानसमा छ । तर ओलीलाई नेपाली जनताले रुचाए पनि नेतृत्वले रुचाएका छैनन्,
त्यसैले त उनी विरुद्ध आफ्नै पार्टीका नेताहरू खनिए । हिजो संसद विघटनका बेला प्रचण्ड नेपाल समूहकै नेताहरू भन्थे ओलीसँग नेता छैन जनता छ । त्यसैले पनि ओलीले आफ्ना हरेक भाषणा भन्ने गर्थे हरेक कुराको छिनोफानो गर्ने भनेकै जनता हुन्। जनताले रुचाएका छन्, नेताले नरुचाएर केही फरक पदैन । अहिले सामाजिक संजालमा एउटा टिप्पणी चर्चामा छ, प्रचण्ड र नेपालले जुन स्कुलमा राजनीति पढे, त्यो स्कुलको त केपी हेड मास्टर रहेछन्। ओलीको पालमा देशमा भ्रष्टाचार बढेको स्वभाविक हो। भ्रष्टाचार त प्रचण्ड प्रधानमन्त्री हुँदा नि भएकै थियो, माधव नेपाल हुँदा पनि भएकै थियो। आफु प्रधानमन्त्री हुँदा नियन्त्रण गर्न नसक्ने अहिले यस्तो भएन, त्यस्तो भएन भनेर भन्ने काम त विपक्षीको मात्रै थियो तर प्रचण्ड र माधव त नेकपाकै थिए नि । जे जे भए नि अब नेपाल र नेपाली जनताको हितमा, राष्ट्रियता र स्वाधिनताको पक्षमा नेपाली जनता र नेपाली राजनीतिज्ञ एक ढिक्का हुन जरुरी छ ।
तपाईको प्रतिक्रिया !!