विनय कर्ण । सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले कर्मचारीहरूको सरुवा गरेपछि सृजना भएको विवाद साम्य हुँदै गएको छ । गाउँपालिकाले गरेको कर्मचारी सरुवाको समर्थन र विरोधमा जनप्रतिनिधिहरू दुई गुटमा विभाजित भएपनि ती कर्मचारीहरू सरुवा भएको स्थानमा हाजिर हुन थालेपछि विवाद साम्य बन्दै गएको हो।
सरुवा गरिएका आठ कर्मचारी मध्ये ६ जानाले पत्र बुझेर सरुवा गरिएको स्थानमा हाजिर भई कामकाज सुरु गरेको रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले जानकारी दिईन्। उनले बाँकी रहेका दुई जना पनि पत्र बुझेर आफ्नो कार्यालयमा हाजिर हुने विश्वास व्यक्त गरिन्। पत्र नबुझ्ने र हाजिर नहुनेमा रेखा मण्डल र विभाकुमारी यादव रहेको बताए । ‘दुई जनाले पत्र बुझेका छैनन् जसमध्ये रेखा मण्डल परीक्षा भएकोले विदामा बसेकी छिन्, विदा सकिएपछि पत्र बुझेर हाजिर हुन्छिन्।
तर विभाकुमारी यादवले अहिले सम्म पत्र बुझ्न र सरुवा भएको ठाउँमा जान कुनै चासो लिएको देखिँदैन, प्रमुख प्रशासकीय अधिकृत साहले भनिन्, ‘सरुवा भएका कर्मचारी पत्र बुझेर तोकिएको कार्यालयलमा हाजिर हुन नगए कारबाही प्रक्रिया अगाडी बढ्छ ।’ गत फागुन ३ मा गाउँपालिकाले ८ जना कर्मचारीहरूको आन्तिरिक सरुवा गरेपछि ३३ जना जनप्रतिनिधिहरू मध्ये २० जनाले सरुवाको समर्थन र ७ जनाले विरोधमा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन–पत्र बुझाएका थिए ।
तपाईको प्रतिक्रिया !!