वीरगन्ज : पर्सामा हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका ६ स्थित जय माँ अम्बे ट्रेडर्समा कार्यरत कर्मचारीलाई प्रहरीले मंगलबार ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
बारा कलैया उपमहानगरपालिका २३ का ३८ वर्षीय जयराम राउत कुर्मी छन्।
उनीबाट ७ हजार ४ सय भारतीय रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उनीबाट प्रहरीले बब्लु राजको नाममा जारी भएको दुई लाख र रामप्रसाद पटेलको नामको ५ लाख ६० हजार रुपैयाँ बराबरको चेक पनि बरामद गरेको छ।
उनीमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।
उक्त ट्रेडर्सका सञ्चालक भने फरार छन्।
तपाईको प्रतिक्रिया !!