
विनय कर्ण । सप्तरी । सप्तरीको बोदे बरसाईन नगरपालिकामा मंगलबार जन्ती बोकेको माइक्रोबस दुर्घटना हुँदा चालक सहित १२ जन्ती घाइते छन्। नगरपालिकाको वडा नम्बर ८ काचनबाट जन्ती बोकेर गएको माईक्रोबस बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मधेपुराबाट घर फर्किने क्रममा बिसनपुर– बर्साइन सडक खण्डको सगरमाथा डेरी नजिक दुर्घटना भएको हो।
तिब्र गतिका कारण अनियन्त्रित भएर ना१ज ८९३८ नम्बरको माईक्रोबस पल्टिएर दुर्घट्ना भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए । दुर्घटनामा पररे घाइते भएको मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा बोदे बर्साइन नगरपालिका– ८ काचनका वर्ष ४५ को बच्चालाल दास र बर्ष २९ को देवनारायण दास रहेको र उनीहरूको रुपनी गाउँपालिका १ स्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव घाइते भएका छन्। घाइते मध्ये अधिकांशको हातखुट्टा, टाउँको, छातीलगायत शरीरको विभिन्न भागमा चोट लागेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!