
अजय साह । बारा । बाराको निजगढ नगरपालिका–९ बुद्धचोक बस्ने चन्द्रनिगाहपुरका १९ वर्षीय रोहित शर्माको हत्या आरोपमा चन्द्रपुर–४ का ३० वर्षीय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । सोमवार राती रोहितको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। रोहितको हत्यागरी मंगलबार बिहान साढे चार बजे रोहितको घरबाट निस्केर मोटरसाइकलबाट गएको सिसिटिभी फुटेजमा देखिएपछि प्रहरीले अरुणलाई पक्राउ गरेको जनाएको छ । अरुणलाई चन्द्रनिगाहपुरस्थित उनकै पान पसलबाट पक्राउ गरिएको हो।
उनले रोहितको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रसहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु ,रगत लतपतिएको कपडा र मोटरसाइकल बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । मंगलवार विहान रोहितको घरको माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भ¥याङबाट ओर्लिएर मोटरसाइकलबाट गएको स्थानीयले बताएका छन्। प्रहरीले माथिल्लो तल्लामा रोहितको शव फेला पारेको थियो ।
तपाईको प्रतिक्रिया !!